२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटविराटनगरको नोबेलमा लगाएको कृत्रिम आँखा दुरुस्तै : बिरामी मख्ख, देख्ने छक्क

विराटनगरको नोबेलमा लगाएको कृत्रिम आँखा दुरुस्तै : बिरामी मख्ख, देख्ने छक्क


विराटनगर-विराटनगरको घिनाघाटकी बबिता सरदार १६ वर्ष अघिदेखि एक आँखाको भरमा छिन् । पाँच वर्षकै उमेरमा देब्रे आँखा गुमाएकी उनले दाहिने आँखाले हेर्ने गर्छिन् । २१ वर्षीया सरदारलाई दुई आँखाले हेर्न नपाउँदाको समस्या जति छ, त्यत्तिनै एउटा आँखा नभएर अनुहारको स्वरुप बिग्रदाको पीडा थियो । तर, अहिले उनको यो पीडा हटेको छ ।

विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा कृत्रिम आँखा लगाएपछि उनको अनुहारमा अहिले कुनै खोट देखिदैन । दाहिने आँखामा मात्र दृष्टि भएपनि हेर्दा दुवै आँखा दुरुस्तै छन् । झट्ट हेर्दा वास्तविक र कृत्रिम आँखा छुट्याउन सकिदैन । दुवै आँखाको चाल उस्तै छ ।

दृष्टि नफर्किएपनि आँखा नहुँदा गुमेको अनुहारको स्वरुप फिर्ता पाउँदा उनी दंग छिन् । ‘आँखा त गुम्यो–गुम्यो, तर एउटा आँखा नभएर अरुले जिस्काउँदा साह्रै नराम्रो लाग्थ्यो,’ सरदारले भनिन् ‘नक्कली आँखा लगाएपछि अव अरुले हेर्दा आँखा नभएको जस्तो देखिदैन, पहिले देख्नेहरु अहिले छक्क पर्छन । खुशी लागेको छ ।’

बबिता पाँच वर्षकी हुँदा आँखामा चोट लागेको थियो । त्यसपछि आँखा पाक्दै गएर दृष्टि गुम्यो । अन्ततः घाउ बढ्दै गएपछि अप्रशन गरी आँखा नै निकाल्नु पर्यो । त्यसपश्चात अहिले कृत्रिम आँखा लगाइएको हो । नोबेलको दन्त विभागका कृत्रिम दन्त विशेषज्ञ एवंं गोल्डमेडलिष्ट डा.पवन मेहता नेतृत्वको टिमले कृत्रिम आँखा लगाएको हो ।

नोबेलको दन्त विभागले दन्त उपचार मात्र नभएर कृत्रिम आँखा, नाक र कान पनि जस्ताको तस्तै देखिने गरी लगाउने गरेको छ । जसका कारण नोबेलमा कृत्रिम अंग लगाउने बिरामीको भीड बढ्दै गएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ