२०८१ कात्तिक २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटबाल दिवसको अवसरमा इशानमा बाल चित्रकला प्रतियोगिता सम्पन्न

बाल दिवसको अवसरमा इशानमा बाल चित्रकला प्रतियोगिता सम्पन्न


काठमाडाैं-अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर इशान बाल तथा महिला अस्पतालमा बाल चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । बालवालिका मनोरञ्जन गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।

इशान बाल तथा महिला अस्पताल र एसआरएल ल्याबोटरीको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । बालवालिकाको विभिन्न आधारभूत आवश्यकतामध्ये मनोरञ्जनात्मक क्षेत्र पनि एक हो भन्ने कुरालाई ध्यानमा राख्दै उक्त कार्यक्रम आयोजना गरिएको अस्पतालका निर्देशक डा. आरपी चौधरीले बताए । उनका अनुसार प्रतियोगितामा अस्पतालमा भर्ना भएका पेन्टिङ गर्न सक्ने बालबालिकाहरुलाई मात्रै सहभागी गराइएको थियो ।

प्रतियोगितामा सहभागी प्रतियोगीहरुलाई प्रथम तथा दोस्रो श्रेणीमा नछुट्याई हौसला प्रदान गर्ने उद्धेश्यका साथ प्रत्येकलाई उपहारस्वरुप चकलेट प्रदान गरिएको थियो । अस्पतालको यस्तो गतिविधिबाट बालबालिकासँगै अभिभावकसमेत प्रभावित भएका थिए ।

सन् १९५४ मा सर्वप्रथम युएनले बाल दिवसको अवधारणा ल्याएको थियो । बालवालिकाको आवश्यकता र अधिकारको सुनिश्चित गर्दै ल्याइएको उक्त आवधारणा त्यसयता भने क्रमिक रुपमा प्रत्येक राष्ट्रले अन्तर्राष्ट्रिय बाल दिवसको रुपमा मनाउदैं आइएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ