२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटॐ अस्पतालमा बाथ रोगको विशेषज्ञ सेवा सुरू

ॐ अस्पतालमा बाथ रोगको विशेषज्ञ सेवा सुरू


काठमाडाैं-चावहिलस्थित ॐ अस्पताल एण्ड रिसर्च सेन्टरमा बाथरोग सम्बन्धि विशेषज्ञ उपचार सेवा सुरु भएको छ । भारतको नयाँदिल्लीस्थित एम्सबाट इन्टरनल मेडिसिनमा एमडी तथा चण्डिगढस्थित पिजिआईबाट र्‍युमाटोलोजीमा डिएम गरेका बाथरोग विशेषज्ञ डा. साकेत झाले सेवा दिनेछन् ।

डा. झा लाई नियमित रुपमा आइतबारदेखि शुक्रबार साताको ६ दिन बस्ने  ॐ अस्पतालले जनाएको छ । डा.झा बाथरोगबाट पीडितहरुको उपचारमा  दख्खल राख्नछन् ।

बाथ रोगको समस्या भयावह रुपमा रहेको अवस्थामा नेपालमा नै सही उपचारका लागि विशेषज्ञसहितको उपचार सेवा प्रदायकका रुपमा ॐ अस्पताल आउनुलाई स्वास्थ्य क्षेत्रकै ठूलो उपलब्धिको भएको अस्पतालको दावी छ ।

काठमाडौं उपत्यका तथा देशका विभिन्न शहरमा रहेका साना ठूला अस्पताल तथा स्वास्थ्य सेवा प्रदायकहरुसँग सहकार्य गरी मोफसलका बाथरोगका बिरामीहरुका लागि समेत सुलभ रुपमा बाथरोग उपचार सेवामा योगदान दिने अस्पतालले जनाएको छ ।

अस्पतालले आगामी बिहिबार बिहान, अपरान्ह,  साँझ  बाथरोगका बिरामीहरुका लागि निःशुल्क ओपिडी सेवा संचालन गर्न लागेको समेत जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ