२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटस्टार हस्पिटलद्वारा ‘स्टार एश्योरेन्स’मार्फत स्वास्थ्य बिमा कार्यक्रम लागु

स्टार हस्पिटलद्वारा ‘स्टार एश्योरेन्स’मार्फत स्वास्थ्य बिमा कार्यक्रम लागु


काठमाडौं—ललितपुरको सानेपास्थित स्टार हस्पिटलले ‘स्टार एश्योरेन्स’मार्फत स्वास्थ्य विमा सुरु गरेको छ । शनिबार एक कार्यक्रममाझ अस्पतालले उक्त बिमा कार्यक्रम सुरु गरेको हो ।

शिखर बिमा र नागरिक जीवन बिमा कम्पनीसँगको साझेदारीमा सुरु गरिएको स्टार एश्योरेन्समा स्वास्थ्य बिमा नगद रहित सेवा, जीवन बिमा गम्भीर रोगको निम्ति र कल्याण स्वास्थ्य योजनाहरु रहेका छन् ।

राष्ट्रियसभामा अध्यक्ष गणेश तिमिल्सिनाले उक्त नागरिक विमा कार्यक्रमको उद्घाटन गरेका थिए । सो क्रममा उनले नेपालको सरकारको भावना प्रतिबिम्बित गर्ने काम निजी क्षेत्रबाट आरम्भ गरेकोमा अस्पतालको प्रशंशा गरे ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत, सांसद कृष्ण महर्जन र प्रदेशसभा सदस्य राजकाजी महर्जन, ललितपुर नगरपालिकाका मेयर चिरीबाबु महर्जनले पनि मन्तब्य राखेका थिए ।

कार्यक्रममा शिखर बिमाका सिईओ दीपप्रकाश पाण्डे र नागरिक जीवन बिमाका सिईओ पोषकराज पौडेलले स्टार एस्युरेन्स सेवालाई विस्तार गर्न जोड दिएका थिए ।

उक्त समारोहमा अस्पतालका अध्यक्ष किशोर महर्जनले अस्पतालले नेपाली नागरिकहरुलाई सेवा उपलब्ध गराउन सम्भव भएसम्म प्रयास गर्ने बताए । यस्तै अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले अस्पतालले उत्कृष्ट सेवा दिइरहेको जानकारी गराउँदैं अतिथी र सहभागीहरुको स्वागत गरेका थिए ।

ललितपुरको सानेपास्थित स्टार हस्पिटल सन् २००६ मा स्थापना भएको हो । १ सय सैय्याको उक्त अस्पतालमा २२ वटा विशेष केन्द्रहरु, बहिरंग र अन्तरंग सेवाहरु पनि सञ्चालनमा छन् ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ