२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटसिन्धुलीमा ॐ अस्पताल र सुनकोशी सामुदायिक अस्पतालको निःशुल्क बृहत स्वास्थ्य परिक्षण

सिन्धुलीमा ॐ अस्पताल र सुनकोशी सामुदायिक अस्पतालको निःशुल्क बृहत स्वास्थ्य परिक्षण


काठमाडाैं-काठमाडौंको चावहिलमा स्थित ॐ अस्पताल तथा रिसर्च सेन्टरले शनिबार सिन्धुलीको खुर्कोटमा निःशुल्क बृहत स्वास्थ्य परीक्षण शिविर संचालन गरेको छ।

सिन्धुलीको  गोलन्जोर गाउपालिका वडा नं. ७ अन्तर्गत खुर्कोटमा रहेको सुनकोशी सामुदायिक अस्पतालसँगको सहकार्यमा संचालित शिविरमा ॐ अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. वी.एन. कोइरालाको नेतृत्वमा जनरल फिजिसिन, जनरल सर्जरी, गाइनेकोलोजी (स्त्री तथा प्रसुती रोग )  लगायतको सेवा उपलब्ध रहेको थियो ।

ॐ अस्पतालबाट आएको विशेषज्ञहरुको टोलीले शनिबार दिनभर एक्स-रे, अल्ट्रासाउण्ड , प्याथोलोजीलगायतका सेवासहितको वृहत  स्वास्थ्य परीक्षण सेवा प्रदान गरेको थियो भने रोगको निदान र उपचारसँगै आवश्यक औषधीहरुसमेत निःशुल्क वितरण गरेको थियो ।

दिनभर संचालित वृहत स्वास्थ्य परीक्षण शिविरमा सिन्धुलीको गडतिरक्षेत्र सुनकोशी, गोलन्जोर, फिक्कल गाउँपालिका, रामेछाप र ओखलढुंगालगायतका ठाउँका ५ सय जना बिरामीहरु लाभान्वित भएका थिए ।

शिविरकै अवसरमा अस्पतालले जनचेतनाका लागि स्वास्थ्य सम्बन्धि लेख, रचना, अन्तर्वार्तालगायतका विविध सामग्रीहरु समेटेर प्रकाशन गरेको ॐ अस्पतालको स्मारिका शुश्रुषा र ॐ अस्पतालको मासिक न्यूजलेटर  ‘हेल्थ प्लस’ सँगै अस्पतालमा उपलब्ध सेवा सामग्री तथा अस्पतालको प्रिभेन्टिभ हेल्थ केयर क्लिनिक ॐ वेलनेश क्लिनिकबारे महत्वपूर्ण जानकारी समेटिएका समग्रीहरु समेत बितरण गरिएको थियो ।

अस्पतालको संस्थागत सामाजिक उत्तरदायित्व नियमित कार्यक्रम अन्तर्गत स्वास्थ्य उपचार सेवा सहज नभएका स्थानमा  बिशेषज्ञता सेवा पुर्याउने अभियानको निरन्तरताको रुपमा यो निःशुल्क शिविर आयोजना गरिएको ॐ अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्कीले बताए ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ