२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटजुुग्लेका १ हजार स्थानीयको स्वास्थ्य जाँच

जुुग्लेका १ हजार स्थानीयको स्वास्थ्य जाँच


पुस—नेपाल मेडिसिटी अस्पतालको मेडिकल टोलीले स्याङ्जाको जुुग्लेका १ हजार स्थानीयको विभिन्न समस्याका लागि स्वास्थ्य परिक्षण गरेको छ । नेपाल मेडिसिटीका वरिष्ठ चिकित्सक एवं मेडिकल टिमले आँधीखोला गाउँपालिकाका १ हजार स्थानीय नागरिकहरुलाई मुटुरोग, स्त्री, दन्त, हाडजोर्नी तथा सामान्य समस्याका लागि परामर्श गर्दै औषधी वितरण समेत गरेको छ ।

पुुष ६ गतेदेखि ८ गतेसम्म जुुग्ले स्थित आँधीखोला बोर्डिङ स्कुलमा आयोजना गरिएको स्वास्थ्य शिविरका लागि आँधीखोला गाउँपालिकाको समन्वय तथा ब्लाक याक ह्युुमन फाउण्डेसन र कोरियन ओपन डक्टर्स सोसाइटीको संलग्नता रहेको थियो ।

तीन दिनसम्म आँधीखोलामा आयोजना गरिएको शिविरमा नेपाल मेडिसिटी अस्पतालका तर्पmबाट वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव जोशी, हाडजोर्नी विशेषज्ञ डा. निभा चित्रकार तथा सामान्य समस्याका लागि डा. सन्तोष यादवसहित २ नर्सहरु र व्यवस्थापनका लागि स्मिता नेपालको सहभागिता रहेको थियो । दक्षिण कोरियाबाट आएका मेडिकल टिममा भने स्त्री रोग, दन्त तथा हाडजोर्नी विशेषज्ञ तथा फार्मेसिष्ट रहेका थिए । विभिन्न समूहले संयुक्त रुपमा आयोजना गरेको यस शिविरमा स्वास्थ्य जाँचका लागि स्थानीयहरुको उल्लेख्य सहागिता रह्यो ।

विभिन्न उमेर समूूहका मानिसहरु उपचारको लागि आएको र अधिकांश मानिस उच्च रक्तचापको जोखिममा रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव जोशीको अनुुभव छ । शारिरिक व्यायाम तथा आराम, खानपान तथा जनचेतना अभावका कारण पनि यस किसिमको समस्या आएको हुनसक्ने उनको धारणा छ ।

अस्पतालमा महाप्रबन्धक विजय रिमालले मध्य पश्चिम नेपालको स्थानियका लागि स्वास्थ्य उपचार सेवा प्रदान गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनेमा जोड दिए ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ