२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनयाँ वर्ष २०२० को अवसरमा ॐ हस्पिटलमा ‘सर्जरी विशेष’ प्याकेज

नयाँ वर्ष २०२० को अवसरमा ॐ हस्पिटलमा ‘सर्जरी विशेष’ प्याकेज


काठमाडौं-चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले अंग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहुलियत अफरसहितका सर्जरी प्याकेज अघि सारेको छ ।

प्याकेजअन्तर्गत अस्पतालले दुई किसिमका सर्जरी सेवा अगाडि सारेको छ । पहिलो किसिमको प्याकेजलाई इन्टरमिडिएट सर्जरी भनिएको छ जस अन्तर्गत मात्र ३२ हजार रुपैंयामा शल्यक्रिया गराउन सकिने छ ।

दोस्रो किसिमको प्याकेजअन्तर्गत भने मेजर अप्रेशन समावेश गरिएको छ । यस प्याकेजअन्तर्गत मात्र ३६ हजार रुपैंयाँमा अप्रेशन गराउन सकिने बताइएको छ ।

प्याकेजमा ल्यापरोस्कोपिक विधिबाट (दुरबिनको प्रयोगबाट) पित्तथैलीको पथ्थरी, एपेन्डिक्सलगायतका सर्जरीहरुका अलावा स्त्रीरोग सम्बन्धि पाठेघरको अप्रेशनसमेत समावेश गरिएको छ । यसको साथमा ओपन अथवा चिरेर गर्नुपर्ने हर्निया, हाइड्रोसिल, फिस्टुला आदि सर्जरीहरु समेत समावेश रहेका छन् ।

सर्जरी चार्ज, बेड चार्ज, ल्याव टेस्ट र डाक्टरको कन्सल्टेशन चार्जसमेत समेटिएको यस प्याकेज अन्तर्गत सर्जरी गराउने बिरामीहरुलाई प्राथमिकताका आधारमा क्याबिन बेड उपलब्ध गराइने अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्कीले बताए । क्याबिन खाली नरहेको अवस्थामा भने बिरामीले जनरल बेडमा बस्नुपर्ने उनको भनाइ छ ।

अफर यही २०७६ साल पुस १९ गते देखी पुस २९ गतेसम्म लागू हुने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ