२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनेपाल मेडिसिटीका चिकित्सकहरुसँग दक्षिण कोरियाली सर्जन

नेपाल मेडिसिटीका चिकित्सकहरुसँग दक्षिण कोरियाली सर्जन


ललितपुर-नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग दक्षिण कोरियाका प्रतिष्ठित सर्जन डा. किमले प्यान्कृयास सर्जरीका विषयमा अन्तरक्रिया गरेका छन् ।

दक्षिण कोरियाको क्यंगपुक नेशनल विश्वविद्यालयका हेपाटो बिलियरी तथा जनरल सर्जरी विभागमा कार्यारत डा. सांग गोएल किमले शुक्रबार नेपाल मेडिसिटी अस्पतालका सर्जनलगायतका चिकित्सकहरुसँग अन्तरक्रिया गरेका हुन् ।

अन्तरक्रियामा फरक शैलीमा उनले गर्दै आएको हेपाटो बाइलयरी सर्जरी प्रक्रियाबारे प्रष्ट पार्दै यसका लागि आवश्यक पद्धतीबारे बताएका थिए ।

नेपाल मेडिसिटी अस्पतालका सर्जरी विभाग प्रमुुख डा. सुुनिलकुमार शर्मा ढकालले डा. किमको उपस्थिती र अन्तरक्रिया नेपाली चिकित्सकहरुका लागि निकै फलदायी रहने बताए । नेपाल मेडिसिटी अस्पतालमा अत्याधुनिक उपकरण र पद्धतिलाई अपनाउँदै बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको अवस्थामा थप नयाँ पद्धतिबारे जानकारी प्राप्त गर्नुु सबैका लागि सुनौलो अवसर रहेको उनले बताए ।

अस्पतालका महाप्रबन्धक विजय रिमालले स्वदेशमै विश्वस्तरीय उपचार प्रदान गर्दै आइरहेको र यस किसिमका कार्यक्रमलाई सधै प्रोत्साहन गर्दै आएको बताए ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ