२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटॐ अस्पताल एण्ड रिसर्च सेन्टरको ‘उपचारमा नयाँ प्रविधि र उपलब्धिहरुबारे कार्यक्रम

ॐ अस्पताल एण्ड रिसर्च सेन्टरको ‘उपचारमा नयाँ प्रविधि र उपलब्धिहरुबारे कार्यक्रम


काठमाडौं-चावहिलमा रहेको ॐ अस्पताल एण्ड रिसर्च सेन्टरले आफ्नो नियमित नलेज सेयरिङ तथा कन्टिन्युड मेडिकल एडुकेशन (सिएमई) सम्पन्न गरेको छ । पोखराको लेकसाइडस्थित होटल ल्याडमार्कमा आयोजित सिएमइ कार्यक्रममा अस्पतालले प्रयोग गर्दै आएका अत्याधुनिक उपचार प्रविधि र विश्वस्तरीय उपचार पद्धतीका बारेमा चर्चा गरिएको थियो ।

अस्पतालका कन्सल्ट्यान्ट ल्यापरोस्कोपिक सर्जन डा. विकल घिमिरेले सर्जरीका पछिल्ला उपलब्धि तथा नयाँ आयामहरुबारे चर्चा गर्दै नेपालमा हासिल गरिएका सफल ल्यापरोस्कोपिक उपचारका कथाहरुबारे प्रस्तुति दिएका थिए ।

यस्तै, अस्पतालका कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा.प्रमेश सुन्दर श्रेष्ठले नेपालमा सघन उपचारको अवस्थाबारे जानकारी गराउँदै ‘एक्युट रेस्पिरेटरी डिस्ट्रेस सन्ड्रोम’ एआरडिएसबारे पछिल्ला जानकारीहरु प्रस्तुत गरेका थिए ।

ॐ अस्पतालका कन्सल्ट्यान्ट इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. अजित थापाले सर्जरी सम्भव नभएका अवस्थामा क्यान्सरको उपचारमा प्रयोग हुँदै आएको इन्टरभेन्सनल रेडियोलोजीको प्रभावकारी उपचार विधि माइक्रोवेभ एब्लेशनबारे स्पष्ट पारेका थिए । आप्नो ज्ञान सीप र क्षमतालाई मोफसलका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाझ आदानप्रदान गर्ने उद्देश्यले आफ्नो एकेडेमिक्स एण्ड रिसर्च कार्यक्रम अन्तर्गत नियमित रुपमा यस किसिमका कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

नेपालमा प्रविधि पूर्वाधार र दक्ष चिकित्सकलाई एकै छानामूनी समेटेर दुइ दशक अघिदेखि नीजि क्षेत्रबाट स्तरीय स्वास्थ्यसेवा प्रदान गर्दै आएको अग्रणी अस्पतालका रुपमा आफ्नो सामाजिक उत्तरदायित्वसँगै देशको चिकित्सा क्षेत्रमा ज्ञान र सिपको आदानप्रदानलाई निरन्तरता दिइएको अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले बताए । कार्यक्रममा पोखरा र देशका बिभिन्न अस्पतालमा कार्यरत ६० जनाभन्दा बढी चिकित्सकको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ