२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटकाठमाडौं न्युरो तथा जनरल अस्पतालमा जटिल प्रकृतिको शल्यक्रिया निःशुल्क सम्पन्न

काठमाडौं न्युरो तथा जनरल अस्पतालमा जटिल प्रकृतिको शल्यक्रिया निःशुल्क सम्पन्न


काठमाडौं—सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालले महोतरी रामगोपाल नगरपालिका ७ की बालिका माहिनुर खातुनको सफलतापूर्वक निःशुल्क शल्यक्रिया सम्पन्न गरेको छ ।

२० दिनदेखि बिरामी परेकी ४ महिनाकी उनको सानो आन्द्रा ठूलो आन्द्रामा गएको थियो । शल्यक्रिया गरे पश्चात ठूलो आन्द्रालाइ काटेर फालिएको र सानो आन्द्रालाई दिसा गर्ने नलीमा जोडिएको छ । अस्पतालका नवजात तथा बाल सर्जन डा. दिनेशप्रसाद कोइरालाको टिमले सफलतापूर्वक शल्यक्रिया गरेको हो । उक्त टिममा वरिस्ठ एनेस्थेसिओलोजिष्ट डा.प्रदिप कोइरालाले सबै टिमको योगदानले गर्दा सफलतापूर्वक शल्यक्रिया गर्न सफल भएको बताए ।

यस्तो शल्यक्रियालाई जटिल प्रकृतिको मानिन्छ । शल्यक्रिया गरिएको बिरामी वालिकाको शरीरले नियमित काम सुरु गरेको अस्पतालले जनाएको छ ।

आर्थिक अवस्था अत्यन्त कमजोर भएका बिरामी बालिकाको बावु समी उल्ला अन्सारी आफै पनि अपांग हुन् भने बालिकाकी आमा साहनी खातुन साधारण गृहिणी हुन् ।

‘आर्थिक अवस्था कमजोर भएर उपचारबाट बन्चित हुन नपरोस भन्दै काठमाडौं न्युरो तथा जनरल अस्पतालले आफ्नो सामाजिक जिम्मेवारीअन्तर्गत गरिब तथा आर्थिक अवस्था कमजोर भएका मानिसहरुको निःशुल्क शल्यक्रिया गर्दै आइरहेको अस्पतालका फिनान्स डिरेक्टर लक्ष्मन महर्जनले बताए ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ