२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटकालापत्थरमा हुने विश्व कीर्तिमानी फेसन रनवेको मेडिकल पार्टनर नेपाल मेडिसिटी

कालापत्थरमा हुने विश्व कीर्तिमानी फेसन रनवेको मेडिकल पार्टनर नेपाल मेडिसिटी


ललितपुर—संसारकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविर, कालापत्थरमा माघ ११ गते आयोजना हुन लागेको माउण्ट एभरेष्ट फेसन रनवेमा सहभागी हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको नेपाल मेडिसिटी अस्पतालले स्वास्थ्य उपचार गरेको छ ।

५ हजार १ सय ६४ मिटर उचाइमा रहेको आधार शिविरमा आयोजना हुने यो कार्यक्रम विश्वकै उचाइमा आयोजना गर्न लागिएको पहिलो फेसन कार्यक्रम हो ।

जलवायु परिवर्तनले पारेको नकारात्मक असरबारे विश्व समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यका साथ कालापत्थरमा आयोजना हुने रनवेका लागि सहभागीले लुक्लाबाट कार्यक्रम स्थलसम्म र त्यहाँबाट लुक्लासम्म आउनका लागि १४ दिनको पैदल यात्रा गर्नेछन् । उचाइ, चिसो, र सुख्खापनलाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालले मेडिकल टिम र आवश्यक सामाग्री उपलब्ध गराएको छ । साथै आकस्मिक अवस्थामा उद्धारका लागि हेलिकप्टर सेवा उपलब्ध हुनेछ ।

काठमाडौंबाट माघ ३ गते कालापत्थरका लागि यात्रा सुरु गरिने र सोका लागि आवश्यक तयारीका लागि चिकित्सकहरुले माघ १ गते बुधबार नेपाल मेडिसिटी अस्पतालकै अडिटोरियम हलमा आकस्मिक उपचार सेवा, छाला तथा शरिर रक्षा एवंम् शारिरीक तन्दुरुष्टिका बारेमा जानकारीसमेत गराइएको थियो ।

नेपालीहरुलाई उपचारकै लागि विदेश जानु पर्दैन भन्ने सन्देश प्रदान गर्दै आएको अस्पतालले नेपालमा मेडिकल टुरिज्मका लागि प्रशस्त सम्भावना रहेको विश्वास राख्दै आएको छ । संसारकै उच्च शिखर सगरमाथाको आधार शिविरमा आयोजना हुने माउण्ट एभरेष्ट फेसन रनवेले विश्वसामु नेपाललाई चिनाउने अर्को एउटा कारण दिलाउने आशा राखिएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ