२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटओम समाज डेन्टल हस्पिटलको वार्षिकोत्सव सम्पन्न

ओम समाज डेन्टल हस्पिटलको वार्षिकोत्सव सम्पन्न


काठमाडौं-ओम समाज डेन्टल चाबहिलले विशेष वार्षिकोत्सव तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित उक्त कार्यक्रममा  प्रमुख अतिथी मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सम्बोधन गर्दै निजी क्षेत्रले पैसा मात्र नभएर सेवामुखी रुपमा विश्वास दिलाउन आवश्यक रहेको धारणा राख्दै ओम समाज डेन्टलले स्थापनाकालदेखि नै नाफामूलक मात्र नभएर सेवामूलक कार्यक्रम गर्दै आएको बताए ।

निजी क्षेत्रले नाफा कमाउन मात्र नभएर विभिन्न सामाजिक काममा लागि पर्न आवश्यक रहेको बताउँदै रेग्मीले सहयोगी भावनाका कारण डा. सुवास घिमिरे समाजमा उदाहरणीय व्यक्तिका रुपमा चिनिएको स्पष्ट पारे ।  रेग्मीले ओम समाजले गरेका सामाजिक कार्यहरुको खुलेर प्रशंसा गरे ।

प्रतिनिधिसभा सदस्य हरिबोल गजुरेलले व्यवसाय गर्दा आफ्नो लागि मात्र नभएर नागरिक, समाज र राष्ट्रिय हितलाई ध्यानमा राख्न आवश्यक रहेको बताए । उनले भने, ‘ओम समाज डेण्टलले सेवा लिनको लागि मात्र नभएर दिनको लागि समेत महत्वपूर्ण भूमिका खेलेको छ ।’

वाग्मती प्रदेश सांसद नरोत्तम वैद्यले समाजमा सकारात्मक सोचका व्यक्तिको आवश्यक रहेको बताए । निजी क्षेत्रले सामाजिक काममा खासै ध्यान नदिएको जानकारी गराउँदै उनले ओम समाजबाट सामाजिक काम सिक्न आग्रह गरेका थिए ।

काठमाडौं महानगरपालिका वडा नं-७ का वडाध्यक्ष शुद्धकुमार ढंगोलले दन्त क्षेत्रमा नेपालकै चर्चित अस्पताल आफ्नो वडढामा हुनु खुसीको कुरा रहेको बताए । वडाध्यक्ष ढंगोलले भने, ‘व्यापारमूखी सेवाभन्दा सेवामुखी व्यापारमा ओम समाजले विशेष ध्यान दिएको छ ।’

ओम समाज डेण्टल हस्पिटलका अध्यक्ष डा. सुवास घिमिरेले समाजमा आर्थिक अवस्था कमजोर भएका तथा विपन्न वर्गलाई पैसा नभएकै कारण उपचारबाट बञ्चित गराउन नहुने बताए ।

डा. घिमिरेले भने वडा तथा नगरको सिफारिस लिएर आएका विपन्न वर्गलाई ओम समाजले निःशुल्क उपचार गराउन सक्ने जानकारी गराए । अध्यक्ष डा. घिमिरेले ओम समाजले आगामी दिनमा कमाइको २० प्रतिशत बराबरको सामाजिक कार्य गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

वार्षिकोत्सवको अवसरमा ओम समाज डेन्टल सस्पिटलले विभिन क्षेत्रमा विशिष्ठ योगदान गर्ने संघ, संस्था, महानुभाव र हस्पिटलमा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ । सम्मानितका तर्फबाट बोल्दै डा.पीके यादवले ओम समाज डेन्टल हस्पिटलले समाजमा विशेष योगदान गर्नेहरुलाई सम्मान गरेकोमा आभार तथा धन्यवाद प्रकट गरे ।

यसरी सम्मानित हुनेहरुमा डा.पी.के यादब (स्वास्थ सम्मान -२०७६) अतुल मिस्त्रा (स्वास्थ पत्रकारिता सम्मान -२०७६) सरोज ढुंगेल (स्वास्थ पत्रकारिता सम्मान -२०७६) सुबर्ण डंगोल (ओम समाज डेन्टल सामाजिक सम्मान -२०७६ ) नेत्र प्रसाद भुसाल (ओम समाज डेन्टल सामाजिक सम्मान -२०७६ ) सरस्वती नगर सुधार संघ (ओम समाज डेन्टल सामाजिक सम्मान -२०७६ ) सामुदायिक हित सेबा समिति (ओम समाज डेन्टल सामाजिक सम्मान -२०७६ ) बिराज समाज (ओम समाज डेन्टल सामाजिक सम्मान -२०७६ ) गंगा हिटी टोल सुधार समिति (ओम समाज डेन्टल सामाजिक सम्मान -२०७६ ) क्लिन्टन स्कूल (ओम समाज डेन्टल शिक्षा सम्मान -२०७६ ) जी.पी कोइराला मेमोरियल कलेज (ओम समाज डेन्टल शिक्षा सम्मान -२०७६ ) जोसेफ हाई स्कुल (ओम समाज डेन्टल शिक्षा सम्मान -२०७६ ) बिद्ध्या सागर एन्ग्लिश बोर्डिंग स्कुल (ओम समाज डेन्टल शिक्षा सम्मान -२०७६ ) तिर्थ प्रसाद भट्टराई (ओम समाज डेन्टल जेस्ठ नागरिक सम्मान -२०७६) रुकमणि आचार्य (ओम समाज डेन्टल जेस्ठ नागरिक सम्मान -२०७६) रण बहादुर चन्द नेपाल प्रहरी पूर्व AIGP (ओम समाज डेन्टल निरन्तर सेबा ग्राही सम्मान -२०७६ ) गुलाब देबी श्रेष्ठ (ओम समाज डेन्टल निरन्तर सेबा ग्राही सम्मान -२०७६ ) बाबुलाल अग्रवाल (ओम समाज डेन्टल निरन्तर सेबा ग्राही सम्मान -२०७६ ) रामचन्द्र खत्री –सत्यब्रत (ओम समाज डेन्टल निरन्तर सेबा ग्राही सम्मान -२०७६ ) शान्ता अर्याल (ओम समाज डेन्टल दिर्ग सेबा सम्मान -२०७६) दिनेस अधिकारी (ओम समाज डेन्टल उत्कृस्ट कार्य सम्मान -२०७६) डा.विजय कुमार गामी (ओम समाज डेन्टल सस्थागत बिकास सम्मान -२०७६) प्रमुना हमाल (ओम समाज डेन्टल लोक प्रिय सम्मान -२०७६) डा.सुर्य नारायण पुन (ओम समाज डेन्टल लोक प्रिय सम्मान -२०७६) सबिता सुबेदी (ओम समाज डेन्टल लोक प्रिय सम्मान -२०७६) डा.अस्बिन श्रेष्ठ (ओम समाज डेन्टल लोक प्रिय सम्मान -२०७६) संघ,संस्था र महानुभवहरु रहेका छन ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ