२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनेपाल नेशनल अस्पतालमा अब ‘बाथ रोग सेन्टर’ पनि

नेपाल नेशनल अस्पतालमा अब ‘बाथ रोग सेन्टर’ पनि


काठमाडौं – काठमाडौंको कलंकीमा रहेको नेपाल नेशनल अस्पतालले देशभर बढ्दै गएकोे बाथ रोगलाई मध्यनजर गर्दै ‘बाथरोग सेन्टर’को संचालन गरेको छ। नेशनल सेन्टर फर रिउमेटिक डिजिज प्रालिको सहकार्यमा उक्त अस्पतालले ‘बाथरोग सेन्टर’को बुधबार उद्घाटन गरेको हो ।

नवनिर्मित सेन्टरको काठमाडौँ क्षेत्र नं ९ प्रदेश (ख)का सांसद केशव पोखरेलले शुभारम्भ गरेका थिए भने कार्यक्रममा सांसद पोखरेलले निजी क्षेत्रले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गरेका थिए । उनले तीनवटै सरकारको उच्च प्राथमिकतामा स्वास्थ्य र शिक्षा क्षेत्र परेको बताउँदै नीजि क्षेत्रमा सञ्चालित अस्पतालले समेत गरिब जनतालाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्ने बताए।

अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडेलले देशभर ३० लाखभन्दा बढी व्यक्ति बाथरोगबाट पीडित भएको बताउँदै उक्त रोगीलाई सहज उपचार गराउनका लागि अस्पतालले बाथरोग सेन्टरको स्थापना गरेको जानकारी गराए।

काठमाडौँ महानगरपालिका–१४ का अध्यक्ष शोभा सापकोटाले पछिल्लो समय कोरोना भाइरसले भयावह रुप लिँदै गएको बताउँदै उक्त रोगको उपचारका लागि अस्पताल तयारीका अवस्थामा बस्नुपर्ने बताए। सो कार्यक्रममा अस्पतालका अध्यक्ष रामचन्द्र शर्माले गुणस्तरीय सेवा दिन अस्पताल प्रतिवद्ध रहेको जानकारी गराए।

विगत पाँच वर्ष अघि संचालनमा आएको उक्त अस्पतालले केही महिना पहिलामात्रै टेलिमेडिसीन सेवाको समेत् शुभारम्भ गरेर दुर्गम क्षेत्रका विरामीलाई समेत सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ