२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटगंगालाल अस्पतालको टिकट सुविधा अब घरमै

गंगालाल अस्पतालको टिकट सुविधा अब घरमै


काठमाडौं – सरकारी अस्पतालको सेवा प्रवाहलाई सहज पार्न शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले घरमै बसेर ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ। लामो समयसम्म लाइन बसेर टिकट काट्न’पर्ने विरामीको झन्झटलाई हटाउन अस्पतालले घरमै बसेर टिकट काट्ने व्यवस्था मिलाएको हो।

अस्पतालले ‘प्रभ’ पे मोबाइल एपमार्फत जहाँबाट पनि टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो । उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्थाले विरामी र तिनका आफन्तलाई मात्रै नभएर अस्पताललाई समेत ठ’लो फाइदा प’गेको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले बताए।

यो सँगै अस्पतालमा ओपिडी टिकट लिन विरामी तथा विरामीको आफन्तले घन्टौं लाममा बस्न’पर्ने अवस्थाको अन्त्य भएको छ।


क्याटेगोरी : कर्पोरेट, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ