२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनेपाल मेडिसिटीका चिकित्सकद्वारा हलेसीमा ५ सय स्थानीयको निःशुुल्क परामर्श

नेपाल मेडिसिटीका चिकित्सकद्वारा हलेसीमा ५ सय स्थानीयको निःशुुल्क परामर्श


नेपाल मेडिसिटी अस्पतालद्वारा खोटाङमा ५ सय जनाको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ। खोटाङस्थित प्रसिद्ध हलेसी क्षेत्रमा पर्ने हलेसी तुवाचुुङ न.पा. वडा नं ११, राजापानी, खाम्तेलमा माघ १५ र १६ गते नेपाल मेडिसिटी अस्पतालका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्र, स्त्री तथा प्रसुति र जेनेरल फिजिसियनको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए।

स्वास्थ्य शिवरमा सामान्य स्वास्थ्य जाँच, स्त्री तथा प्रसुति जाँच र मुटु जाँच गरी विविध स्वास्थ्य समस्याको परामर्श एवं उपचार एकै थलोमा प्रदान गरिएको थियो ।

हलेसीका मेयर इबान राई र नेपाल मेडिसिटीका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्रले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका हुन्। सो कार्यक्रममा डा. दिपक मिश्रले उच्च रत्तचाप, हृदयघात र र्हुमाटिक हार्ट डिजिसका बारेमा स्थानीयलाई जानकारी दिएका थिए। स्त्रीरोग तथा सामान्य समस्याको उपचारका लागि आउने स्थानियको सहभागिता उल्लेखनीय रहेको डा. मिश्रले बताए।

खाम्तेल क्षेत्र भौगोलिक रुपमा केहि विकट रहेको र अधिकांशलाई उच्च रक्तचापको समस्या देखिएको उनको भनाई छ। उपचारमा सहभागि हुन साना बालबालिका देखि ज्येष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो।

राजधानीबाट टाढा रहेको हलेसी क्षेत्रमा स्वास्थ्य टोली गई सेवा प्रदान गर्न पाएकोमा अस्पतालका महाप्रबन्धक विजय रिमालले खुशी व्यक्त गरे। उनले भविष्यमा पनि यस क्षेत्रमा यस किसिमका कार्यक्रमलाई निरन्तरता दिन अस्पताल तयार रहेको जनाए।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ