२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनेपाल नेशनल अस्पतालको सहकार्यमा नुवाकोट अस्पतालको विस्तार

नेपाल नेशनल अस्पतालको सहकार्यमा नुवाकोट अस्पतालको विस्तार


काठमाडौं—नुवाकोटस्थित एक ‘मल्टिपल स्पेशलालिटी’ अस्पतालको स्थापना भएको छ । नेपाल नेशनल अस्पतालको प्राविधिक सहयोग तथा व्यवस्थापनको सहकार्यमा सो अस्पताल स्थापना गरिएको हो ।

विगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा आबद्ध रहेर विभिन्न सेवा प्रदान गर्दै आएको नेशनल अस्पतालले उपत्यकामा मात्र नभई उपत्यका बाहिर पनि बिरामीलाई सेवा प्रदान गर्ने उद्देश्यले उक्त अस्पतालसँग सहकार्य गरेको जनाएको छ । स्थापना गरिएको अस्पतालको नाम ‘नुवाकोट हस्पिटल एण्ड रिसर्च सेन्टर’ राखिएकोे छ ।

नव स्थापित उक्त अस्पतालमा विभिन्न सेवाहरु प्रदान गरिने नेशनल अस्पतालका कार्यकारी निर्देशक डा. प्रकाश पौडेलले हेल्थ आवाजलाई जानकारी दिएका छन्।

उनका अनुसार, अस्पतालमा सानादेखि ठुला रोगहरुको अत्याधुनिक प्रविधिबाट उपचार गरिनेछ । वरिष्ठ बहु विशेषज्ञद्धारा सेवा प्रदान गरिने अत्याधुनिक प्रयोगशाला रहेको यस अस्पतालमा सिटि स्याक्न, युएससिई, इको, डिजिटल एक्स–रे लगायतका सम्पुर्ण सेवाहरु उपलब्ध गराइने डा. पौडेलले बताए । विधिवत् रुपमा आगामी चैत्र १ गतेदेखि सञ्चालनमा आउने सो अस्पताल नुवाकोटको हालसम्मकै सुविधा सम्पन्न ठुलो अस्पताल हो ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ