२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटभारतको शाल्बी अस्पतालको सुविधा अब नेपालमा

भारतको शाल्बी अस्पतालको सुविधा अब नेपालमा


भारतको प्रख्यात शाल्बी अस्पताले नेपालमा सेवा विस्तार गर्ने भएको छ। शाल्वीको सेवा विस्तार र विशिष्ट स्वास्थ्य विशेषज्ञताका बारेमा जानकारी दिन नेपाल अर्थोपेडिक सोसाईटिले फेब्रुवरी २० देखि २२ तारिक सम्म २५औं अर्थोपेडिक सम्मेलन भव्यरुपमा समपन्न गरेको थियो।

उक्त सम्मेलनमा शाल्बी अस्पतालले नेपालली अस्पतालहरु सँग सहकार्य गरि आफ्नो अति विशिष्ट सेवा विस्तार गर्नको लागि अवसर दिएको बरिष्ठ अर्थोप्लास्ट सर्जन डा. कल्पेश शाहले जनाए।

फेब्रुवरी २१ गतेको दिन होटल एल्लो प्यागोडामा आयोजना गरिएको पत्रकार सम्मेलनमा शाल्बी अस्पतालका डाईरेक्टर डा. भरत गज्जरले नेपाली बिरामीहरुलाई अति बिशिष्ट स्वास्थ्य सेवा, चिकित्सक तथा स्वास्थ्यकर्मिहरुलाई निःशुल्क तालिम, अस्पतालको क्षमता बृद्धिको लागि प्रबिधि लगानीको लागि ईच्छुक भएको उल्लेख गरे।

त्यस्तै, नेपाल मेडिकल टुरिजम अर्गनाईजेशनका अध्यक्ष तथा एक्सप्लोर हेल्थकेयर प्रा.लि. का प्रबन्धक निर्देशक श्री कृष्ण पाण्डेले नेपालमा मेडिकल टुरिजमको बिकासको लागि स्वास्थ्य क्षेत्रको स्तर उन्नती, प्राविधिक सहकार्य, प्रशिक्षण तथा फेलोसिप प्रोग्राम आवश्यक भएको कुरा स्पष्ट पारे ।

शाल्वी अस्पताल भारतको एक अति बिशेषता भएको अर्थोपेडीक अस्पतालको चेन हो । ११ अस्पताल भन्दा बढि चेन भएको यस अस्पतालमा २००० भन्दा बढी बेड, ५०० भन्दा बढि बरिष्ठ चिकित्सक तथा ४००० भन्दा बढि स्वास्थ्य कर्मि सेवारत छन् । यस अस्पतालले विश्वभरिका बिरामीहरुलाई अति विशिष्ट स्वास्थ्य सेवा जस्तै हाडजोर्नी, १ लाख भन्दा बढि घुँडा प्रतिस्थापन गरि अविश्वसनिय सफलता हासिल गरि विश्व रेकर्ड बनाएको छ । यो अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. विक्रम शाह विश्व प्रसिद्ध अर्थोपेडिक सर्जन हुन्। उनको अस्पतालमा अपरेशन गरेको ३ देखि ४ घन्टा पछि बिरामी आफै हिडेर जान सक्ने गरी आधुनिक प्रबिधि “जिरो टेक्निक” द्धारा न्युनतम चिरफार गरि अतिनै कुशल तरिकाले विशिष्ट सेवा पाईन्छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ