२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेट‘मेडिकल करिअर इन मिडिल इस्ट’ सम्मेलन हुँदै

‘मेडिकल करिअर इन मिडिल इस्ट’ सम्मेलन हुँदै


काठमाडौं – डाक्टर र नर्सलाई रोजगारीको अवसरको निम्ति राजधानीमा ‘मेडिकल करिअर इन मिडिल इस्ट’ सम्मेलन हुने भएको छ । मनास्लु इन्टरनेशनलले सानेपामा पत्रकार सम्मेलन गरी शनिबार हुने उक्त सम्मेलनमा मध्यपूर्वी मुलुकका चिकित्सक, नर्स, डाक्टर गरी पाँचसय जनाको सहभागीता रहने बताएको हो ।

सम्मेलनका संयोजक सुरेश प्रधानले मध्यपूर्वी देशमा भइरहेको स्वास्थ्य क्षेत्रको विकास, विस्तार, अवसर लगायतका बारेमा छलफल हुने जनाएका छन्। मध्यपूर्वी राष्टमा ओमान, बहराइन, कुबेत, दुवई, कतार लगायतका मध्यपूर्व देशहरुमा नर्स तथा डाक्टरलाई रोजगारको लागि अवसर आएको हो ।

मनास्लु इन्टरनेशनलले रोजगारीको अवसर ल्याउन लागेको हो । मनास्लु इन्टरनेशनलले ती देशहरुमा एकसय जना भन्दा बढी नर्सहरुलाई रोजगारको लागि पठाइसकेको छ भने केही डाक्टरहरु पनि ती देशमा गएर स्वास्थ्य सेवा दिइरहेका छन् ।

मनास्लु इन्टरनेशनलका प्रमुख बालकृष्ण श्रेष्ठले मनास्लु इन्टरनेशनल मार्फत गएका ती नर्सहरुले एक लाखदेखि तीन लाख रुपैँयासम्म कमाइरहेको जानकारी दिनुभयो । श्रेष्ठले नर्स तथा डाक्टरहरुको प्रमुख गन्तव्य अमेरिका, युरोप, अष्टेलिया रहेको भन्दै अब ती देशमा कमाई हुने पैसा दुवई, कतार, बहराइन, ओमान, साउदी अरब, कुबेत लगायतका देशमा पनि कमाइ गर्न सकिने जानकारी दिए।

युरोप, अमेरिका, क्यानडा गएका नर्सहरु नफर्कर्ने गरेको भन्दै मध्यपूर्वी गएका डाक्टर र नर्स फर्केर पुनः देशको सेवा गर्ने श्रेष्ठको भनाई छ। उनले मध्यपूर्वी देशमा भने पीआर लिन नपाइने र वर्क परमिट अवधिभर मात्र बसेर फर्किने भएकाले पनि केही सिप सिक्ने र सम्मानजनक आम्दानी गर्ने हिसाबले निकै राम्रो रहेको जनाए।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ