२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेट‘इनभिट्रो फर्टिलाइजेसन’ सेवा अब नेपाल नेशनल अस्पतालमा पनि

‘इनभिट्रो फर्टिलाइजेसन’ सेवा अब नेपाल नेशनल अस्पतालमा पनि


काठमाडौं – नेपाल नेशनल फर्टिलिटी सेन्टरको उद्दघाटन कार्यक्रम सम्पन्न भएको छ। बुधबार नेपाल नेशनल अस्पतालले एक कार्यक्रम आयोजना गरी नेपाल नेशनल फर्टिलिटी सेन्टरको उद्दघाटन गरेको हो।

उद्घाटन कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुल पति कृष्ण प्रसाद वाग्ले र नेपालमा पहिलोपटक आईभीएफ भित्र्याउने वरिष्ट डाक्टर भोला रिजालको उपस्तिथी देखिन्थ्यो।

डा. रिजालले नेपालमा भित्रिएको इनभिट्रो फर्टिलाइजेसन सेवा सुविधाहरुले निसन्तान दम्पतीलाई निकै टेवा पुग्ने भन्दै अस्पताललाई शुभकामना व्यक्त गरे। डा. रिजालले यस्ता सेवाबाट बिशेष गरि महिलाहरु प्रभावित हुने कुरा उल्लेख गरे । यस्तै सरकारी र निजि अस्पतालमा नै यस्ता सेवाहरु भित्रिदा कुनै पनि नागरिकलाई देश बाहिर जान नपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुल पति वाग्लेले बताए।

यसैगरी कार्यक्रमको अवसरमा बोल्दै अस्पतालका निर्देशक डा. प्रकाश पौडेलले भने विभिन्न सेवा सँगै निसन्तान दम्पतिलाई मध्य नजर गरी नेपाल नेशनल फर्टिलिटी सेन्टरको स्थापना गरेको बताएका छन्। उनले भने, ‘अनौपचारिक रुपमा विहिबारबाटै सेवा सुचारु गर्नेछौ।’


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ