२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटकिओचलाई बाल अस्पताल निर्माण गर्न राष्ट्रिय वाणिज्य बैंकको आर्थिक सहयोग

किओचलाई बाल अस्पताल निर्माण गर्न राष्ट्रिय वाणिज्य बैंकको आर्थिक सहयोग


काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई अस्पताल भवन बनाउनको लागि आर्थिक सहयोग गरेको छ । बुधबार आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५० लाख रुपैयाँ सहयोग गरेको हो।

बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले ५० लाख रुपैंयाको चेक किओचका संस्थापक अध्यक्ष कोइरालालाई हस्तान्तरण गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किओचका संस्थापक अध्यक्ष प्रा।डा भगवान कोइरालाबीच समझदारीपत्रमा हस्ताक्षर समेत् भएको छ।

अहिले मुलुकभर करिब १ करोड २० लाख बालबालिका भएको र स्वास्थ्य उपचारको अवस्था कमजोर रहेकोमा बैंकको सिएसआरको पैसा बालबालिकाको उपचार हुने अस्पतालमा प्रयोग हुनु पूण्य कार्य भएको र यस्ता सहयोगले अधुरा परियोजनाहरु संचालनमा ल्याउन सघाउ पुग्ने किओचका संस्थापक अध्यक्ष कोइरालाले बताए । बैंक संचालक समितिका अध्यक्ष अधिकारीले राज्यको पहुँच नपुगेको ठाउँमा रावा बैंकले सिएसआर मार्फत सेवा दिइरहेको उल्लेख गरे।

काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थ(किओच) बाल स्वास्थ्यको क्षेत्रमा बहुविशिष्टीकृत एउटा अस्पलाल संचालन गर्ने, तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने, गुणस्तर बृद्धि गर्ने, नियमनका विधि र प्रक्रियाको विकास गर्ने, नीति निर्धारण गर्ने लगायतका कार्य गर्ने गरी सवै प्रादेशिक बाल अस्पलातहरुका लागि श्रोत केन्द्रको रुपमा केन्द्रीय बाल अस्पताल संचालन गर्ने गरी स्थापना भएको बाल अस्पताल हो । काठमाडौंको बुढानिलकण्ठमा केन्द्रीय अस्पतालको रुपमा स्थापना हुने यो बाल अस्पताल मुनाफारहित कम्पनीको रुपमा रहेने र देशका सातै प्रदेशमा संचालन हुने जनाइएको छ ।

यसको साथै बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद लगायतको क्षेत्रमा बैंकले सिएसआर मार्फत सहयोग गरिरहेको बताए


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ