२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशरुपा गाउँपालिकाको स्वास्थ्यमा बजेट ७० लाख

रुपा गाउँपालिकाको स्वास्थ्यमा बजेट ७० लाख


पोखरा—कास्कीको रुपा गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा ७० लाख बजेट छुट्याएको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले सोमबार पालिकाको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।

रुपाले विपद् व्यवस्थापन कोष खडा गरी खाद्य सुरक्षा र स्वास्थ्य व्यवस्थापन गर्ने नीति लिएको छ । सबै वडामा स्वास्थ्य चौकी स्थापना गर्ने नीति लिएको रुपामा यसै वर्ष अस्पताल निर्माण प्रक्रिया थालिने ओझाले बताए ।

अध्यक्ष ओझाले धारा, शिक्षा, स्वास्थ्य, कृषि, पशु स्वास्थ्य, पर्यटन लैंगिक समानतालगायतका क्षेत्रको समग्र विकास द्रुत गति रहेका बेला कोभिड—१९ को प्रकोप आएको उल्लेख गरे ।

कोभिड-१९ को रोकथामका लागि रुपाका बासिन्दालाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा, घर घरमा औषधी वितरण, सबै घरमा स्वास्थ्यकर्मीद्धारा स्वास्थ्य परीक्षण, क्वारेन्टाइन र आइसोलेसन निर्माणलगायतका कार्यक्रम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

रुपाले सोमबार कोभिड–१९ लक्षित गरी ४३ करोड १६ लाख ८१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ