२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा कोरोनाबाट थप २ को मृत्यु, ३ हजार सक्रिय संक्रमित

गण्डकीमा कोरोनाबाट थप २ को मृत्यु, ३ हजार सक्रिय संक्रमित


पोखरा-कोरोना संक्रमणकै कारण गण्डकी प्रदेशमा बुधबार थप २ जनाको ज्यान गएको छ । यससँगै गण्डकीमा कोरोनाबाट ज्यान गुुमाउनेको संख्या २३७ पुगेको छ ।

गण्डकी प्रदेशमा हाल ३ हजार ३१ जना सक्रिय संक्रमित रहेका छन् भने अहिलेसम्म २० हजार ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । निर्देशनालयले दिएको जानकारीअनुसार २ हजार ८०४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

प्रदेशमा अहिलेसम्म १ लाख ४८ हजार ६१० जनाको जाँच गरिएको छ भने १ लाख २८ हजार १८३ जनाको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ ।

पछिल्लो तथ्यांकअनुसार गण्डकीमा बुधबार ५७४ जनामा कोरोना पुष्टि भएको छ । नवलपरासी पूर्वमा ५२, स्याङ्जामा २७, बागलुङमा ५३, कास्कीमा २९२, तनहुँमा ४४, लमजुङमा २, गोरखामा ६०, पर्वतमा ८, म्याग्दीमा २९, मनाङमा ७ जना संक्रमित थपिएका छन् ।

बुधबार कूल १ हजार २९० नुमना जाँच गरिएकोमा ५७४ जनामा पोजेटिभ देखिएको हो । निर्देशनालयका अनुसार मुस्ताङमा भने नयाँ संक्रमित भेटिएका छैनन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ