२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशबारपाकबाट २४ वर्षीया युवतीको हेलिकप्टरबाट उद्धार, २ जना जिल्ला अस्पताल रिफर

बारपाकबाट २४ वर्षीया युवतीको हेलिकप्टरबाट उद्धार, २ जना जिल्ला अस्पताल रिफर


पोखरा–गोरखाको बारपाक सुलिकोट–२ बाट २४ वर्षीया युवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उद्धार गरिएकी युवतीलाई काठमाडौं मेडिसिटी हस्पिटल पठाइएको गण्डकी स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निर्देशक नानीबाबु दानीले जानकारी दिए ।

जनस्वास्थ्य निर्देशक दानीका अनुसार उनमा एन्टिजेन परीक्षण नेगेटिभ आएपनि अन्य लक्षण भने कोभिड–१९ का रहेका छन् ।  युवतीमा पूरै निमोनिया भएको उनले बताए । ‘ती युवतीमा एकहप्ता अघिदेखि ज्वरो आएको र डायरिया भएको रहेछ, हिजो उहाँ चेक गर्न आउनुभएको रहेछ । सायद नसकेर उहाँ फर्किनुभएको होला । रातिदेखि सास फेर्न गाह्रो भएपछि उहाँलाई एम्बुलेन्समा हालेर स्वास्थ्य चौकी ल्याइएको थियो,’ दानीले भने ।

उनको अक्सिजन लेभल ६५ रहेको थियो भने शरीर सुन्निएको दानीले जानकारी दिए । ‘पिसाब बन्द थियो, क्याथेट प्रयोग गरियो । उहाँको अवस्था क्रिटिकल भएकाले प्रदेश सरकारसँग रिक्वेस्ट गरेका थियौं । एम्बुलेन्समार्फ लैजान क्रिटिकल भएकाले प्रदेश सरकाले हेलिचार्टर गर्ने निर्णय गरेको हो,’ उनले थपे ।

निर्देशक दानीका अनुसार मौसम प्रतिकूलताका कारण पोखराबाट प्रभु हेलिकप्टर जान सकेन । त्यसपछि काठमाडौंको मनाङ एयरको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

यस्तै, अन्य २ जना कोभिड–१९ संक्रमितलाई थप उपचारका लागि गोरखा जिल्ला अस्पतालमा रिफर गरिएको छ । उनीहरुलाई एम्बुलेन्समार्फत गोरखा पु¥याइएको हो । बारपाकको बस्ती बाक्लो भएको र बिरामीहरु अझै पनि खुलेर आएका छैनन् । अहिले जनशक्ति परिचालन बिरामीको खोजी भइरहेको र धेरै हुनसक्ने जनस्वास्थ्य निर्देशक दानीले बताए ।

स्वास्थ्य निर्देशनालयअन्तर्गत कन्सल्टेन्ट डा.सन्तोष बाँस्तोलाको नेतृत्वको टोलीले बारपाकमा कोरोना परीक्षण तथा बिरामीको उपचार गरिरहेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ