२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमध्यविन्दुका ३२ स्वास्थ्यकर्मी संक्रमित भएपछि नियमित सेवा ठप्प

मध्यविन्दुका ३२ स्वास्थ्यकर्मी संक्रमित भएपछि नियमित सेवा ठप्प


पोखरा—मध्यविन्दु जिल्ला अस्पताल नवलपुरका ३२ जना स्वास्थ्यकर्मीमा कोभिड–१९ पुष्टि भएपछि नियमित सेवा प्रभावित भएका छन् । इमर्जेन्सी, प्रसुती र कोभिड ओपिडीबाहेकका सबै सेवा १० माघसम्म बन्द गरिएको छ ।

अस्पतालका सुपरिटेन्डेन्ट डा. वीरबहादुर थापाका अनुसार अस्पतालमा आउने बिरामीलाई इमर्जेन्सीमार्फत सेवा दिइएको छ । अस्पतालमा पछिल्लो ४/५ दिनमा स्वास्थ्यकर्र्मीमा संक्रमण फैलिएको गएको अस्पतालका सुचना अधिकारी जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीले बताए ।

‘टिकट काउन्टरका कर्मचारी र पिसिआर ल्याबका स्वास्थ्यकर्मी संक्रमित भएपछि नियमित सेवा दिन सकिएको छैन्,’ उनले भने । सर्जन डाक्टरसमेत संक्रमित भएपछि इमर्जेन्सी शल्यक्रिया सेवा पनि बन्द गरिएको छ ।

संक्रमित स्वास्थ्यकर्मीमा टाउको दुख्ने, ज्वरो आउने, शरीर, घाँटी दुख्ने, पखाला लाग्नेजस्ता लक्षण देखिएका छन् । कोभिड संक्रमित स्वास्थ्यकर्मीहरुमध्ये कसैलाई पनि अक्सिजन लगाउनुपर्ने अवस्था नरहेको सुचना अधिकारी सुवेदीले बताए ।

पिसिआर ल्याब शुक्रबारबाट सुचारु गर्ने गरी तयारी भएको छ । शुक्रबार अस्पताल आउने बिरामीको स्वाब संकलन गर्ने र आइतबारबाट नियमित सेवा दिन सकिने सुचना अधिकारी सुवेदीले जानकारी दिए । हालै करारमा नियुक्त ४ जनामध्ये १ जना संक्रमित भएर सेवामा आउन नसकेको र आएका नयाँ ३ स्टाफले शुक्रबार ल्याबको अवस्था हेर्ने र स्वाब कलेक्सनसम्म गर्न सकिने बताएको उनले जानकारी दिए । एन्टिजेन टेस्ट भने निरन्तर सञ्चालन भइरहेको छ ।

अस्पतालमा दैनिक २५ सिलिन्डर भर्नेसहित ६५ सिलिन्डर अक्सिजन उत्पादन क्षमता रहेको सुपरिटेन्डेन्ट डा. थापाले जानकारी दिए । सुरुमा कोभिड १९ संक्रमण भएका स्वास्थ्यकर्मी रिकभरी भएर सेवामा फर्कन थालेपछि छिट्टै सहज हुने विश्वास लिइएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ