२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशतालुक संस्थामै छैन बुस्टर डोज लगाउनेको विवरण

तालुक संस्थामै छैन बुस्टर डोज लगाउनेको विवरण


पोखरा – गण्डकी प्रदेशमा कोभिड-१९ विरुद्धको खोप लगाउनेको यकीन विवरण तालुक निकायलाई नै थाहाँ छैन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार कास्कीका बुस्टर डोज लगाउनेको संख्या २२७ छ ।

यो विवरण थोरै समय पनि नसोची भन्न सकिन्छ, वास्तविक होइन । स्वास्थ्य निर्देशनालयले दिएको तथ्यांक खोप लगाउनेकोभन्दा धेरै कम देखिएको छ ।

गण्डकी प्रदेशमा कतिले लगाए बुस्टर डोज खोप भन्ने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जवाफ दिनै नसक्ने अवस्था छ । निर्देशनालयले प्रदेशमा कूल १९ हजार ६ सय १६ जनाले बुस्टर डोज खोप लगाएको जनाएको छ । जबकि जिल्ला स्वास्थ्य कार्यालय कास्कीका वरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुरामआचार्य १२/१३ हजारको हाराहारीमा कास्कीमामात्रै बुस्टर डोज खोप लगाइएको अनुमान गर्छन ।

उनीसँग यकीन विवरण भने छैन । पालिका र वडा स्तरमाखोप लगाइएको र पालिकाले विवरण नदिँदा यकीन विवरण दिन नसकिएको उनको भनाइ छ । स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र संयोजक नवराजशर्मा आफू कास्कीबाहिर रहेको र त्यसबारे आफूले बुझ्नुपर्ने बताए ।

तथापि, बुस्टर डोज खोप तालिका सञ्चालन भएको हप्तौं भइसक्दा पनि कास्कीको विवरण अद्यावधिक भएको छैन । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरणले त मुस्ताङमा भन्दा कास्कीमा बुस्टर डोज लगाउने कम देखिन्छन् । मुस्ताङमामात्रै ३३४ जनाले बुस्टर डोज लगाएको विवरण छ ।

गण्डकीमा ८७हजार ९१७जना संक्रमित

निर्दैशनालयले गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा ५१६ जना संक्रमितभएको जनाएको छ । जसमध्ये २७६ पुरुष र २४० महिला रहेका छन् । कोभिडबाट प्रदेशमा १ हजार ४३६ को ज्यान गएको छ। गण्डकीमा कूल ८७हजार ९१७जना संक्रमित भएको निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ