२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशवार्षिक ५५ अर्बको कारोबार गर्ने औषधी व्यवसायीलाई राज्यले सहयोग गरेन : श्रेष्ठ

वार्षिक ५५ अर्बको कारोबार गर्ने औषधी व्यवसायीलाई राज्यले सहयोग गरेन : श्रेष्ठ


पोखरा– नेपाल औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले सरकारबाट औषधी व्यवसायीले सहयोग नपाएको गुनासो गरेका छन् । बुधबार पोखरामा औषधी व्यवसायी संघ गण्डकी प्रदेशको प्रथम वार्षिकोत्सव तथा साधारणसभाको उद्घाटन गर्दै उनले २१ हजार व्यवसायी संघमा आबद्ध भएको बताए ।

‘वार्षिक ५५ अर्बको कारोबार गरेर राष्ट्रिय पूँजी चलायमान गर्ने र कर तिर्ने औषधी व्यवसायीलाई राज्यले उचित सहयोग गरेन,’ उनले भने ।

उनले ५४ जिल्लामा संघको जिल्ला शाखा रहेको बताउँदै औषधी व्यवसायी संघलाई संघीय मर्मअनुसार रुपान्तरण गर्न धेरै मेहनतपछि बल्ल सफल भएको बताए । बाँकी जिल्लामा शाखा विस्तार गरी संघको नीति–नियमअनुसार व्यवसायिक हितमा लाग्न प्रतिबद्ध रहेको उनले बताए ।

प्रथम वार्षिकोत्सवका सन्दर्भमा प्रकाशन गरेको गण्डकी औषधी दर्पण स्मारिकासमेत सो अवसरमा विमोचन गरिएको थियो ।

वार्षिकोत्सव समारोहलाई भौतिक र भौतिक रुपमा उपस्थित हुन नसक्ने विभिन्न जिल्ला र प्रदेशका सहभागीलाई भर्चुअल माध्यमबाट जोडेर कार्यक्रम आयोजना गरिएको नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेश समिति अध्यक्ष कृष्णप्रसाद पाण्डेले बताए ।

संघले वार्षिकोत्सव समारोहबीच पोखराका पत्रकार यदुनाथ बञ्जारालाई नगद र प्रमाणपत्रले सम्मान गरेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ