२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशटाइफाइड विरुद्धको खोप लगाउने अभियानको तयारी तीव्र

टाइफाइड विरुद्धको खोप लगाउने अभियानको तयारी तीव्र


पोखरा – गण्डकी प्रदेश सरकारले पनि १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने तयारी थालेको छ । चैत २५ देखि सञ्चालनहुने खोप अभियानअन्तर्गत स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले टाइफाइड विरुद्धको खोप अभियानको प्रदेशस्तरीय सूक्ष्म योजना तर्जुमा गोष्ठी सञ्चालन गरेको छ ।

यस्तै, सञ्चारकर्मी तथा स्वास्थय सम्बन्धी संघ संस्थाहरुका लागि अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले खोप अभियानको तयारी चरणबद्धरुपमा गरिरहेको जनाएको छ । जसअन्तर्गत प्रदेशस्तरीय योजना तथा प्रशिक्षक प्रशिक्षण गरिसकेको छ ।

सबै जिल्लामा चैत्र १४ देखि २४ गतेसम्म खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम दिने तयारी स्वास्थ्य निर्देशनालयले थालेको छ । यस्तै, चैत २० गतेसम्मपोखरामाखोप आइपुग्ने र २१ गतेदेखि २३ गतेसम्म सबै जिल्लामा खोप पु¥याउने योजना बनाएको छ ।

गण्डकीमा खोप लगाउने तोकिएको उमेर समूहका५ लाख ६० हजार बालबालिका खोपबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले तयारी तीव्र पारिएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयकाअनुसार बहुवर्षीय खोप कार्ययोजना २०१७–२१ को लक्ष्यअनुरुप चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म गण्डकी प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य निर्देशक खिमबहादुर खड्काकाअनुसार पहिलो पटक लगाउने लागिएको खोप साविकको गाविसको प्रत्येक वडामा रहेका विद्यालयमा लगाउने व्यवस्था मिलाइनेछ ।

प्रत्येक विद्यालय, वडा कार्यालय र आवश्यक परे स्वास्थ्य संस्थामा पनि खोप लगाउने व्यवस्था गर्ने उनको भनाइ थियो । टाइफाइड खोपको प्रभावकारिता ९६.९७प्रतिशत रहेको दाबी गरिएको निर्देशक खड्काले उल्लेख गरे ।

खोप लगाउँदाखोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउनेलगायत लक्षण देखिए पनि जटिल प्रकारको समस्या नआउने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका स्वास्थ्य सामग्री आपूर्ति व्यवस्थापन विभागका निर्देशक डा.रोशन न्यौपानेले जानकारी दिए। अनपेक्षित घटना भइहालेमा तत्काल उपचार गर्न औषधी समेत व्यवस्था गरिने उनको भनाइ छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ