२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशडाक्टर पढाउन धवलागिरी गाउँपालिकाले छात्रवृत्ति दिने

डाक्टर पढाउन धवलागिरी गाउँपालिकाले छात्रवृत्ति दिने


पोखरा—म्याग्दीको धवलागिरी गाउँपालिकाले १ जना विद्यार्थीलाई एमबीबीएस अध्ययन गर्नका लागि छात्रवृत्ति दिने भएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन १ जना डाक्टर र १ जना इन्जिनियर पढाउन गाउँपालिकाले छात्रवृत्ति दिने निर्णय गरेको बताउँछन् ।

‘गाउँ कार्यपालिकाले निर्णय गरेको हो, कसरी सेलेक्सन गर्ने, कति अवधि सेवा गर्नपर्ने भन्ने नियम बनाउने, छात्रवृत्ति रकमको स्रोत व्यवस्थापन कसरी गर्ने भन्नेबारे गाउँसभामा अधिक छलफल गरी टुंगो लगाउँछौं,’ उनले भने ।

अध्यक्ष पुनका अनुसार बाहिरबाट आउने डाक्टर गाउँमा बस्नै नमान्ने भएकाले पालिकावासीलाई स्वास्थ्य सेवा दिन समस्या छ । पालिकावासीमध्ये छात्रवृत्तिमा डाक्टर बनेपछि गाउँको सेवा गर्ला भन्ने सोचले छात्रवृत्ति दिने योजना अघि सारिएको उनको भनाइ छ । त्यतिमात्रै नभई क्षमता भएर पनि डाक्टर इन्जिनियरिङ पढ्नबाट बञ्चित नहोऊन् भनेर प्रोत्साहन पनि गरिएको उनले प्रष्ट्याए ।

गाउँपालिकाको छात्रवृत्तिमा पढ्नेले गाउँ सभाले पारित गरेको नियमको परिधिमा रही काम गर्नुपर्ने बताइएको छ । डाक्टर पढाउन करिब ५० को हाराहारीमा लाग्ने अनुमान गरिएको छ । त्यो लगानी भइसकेपछि गाउँको अस्पतालमा काम गर्नैपर्ने प्रावधान राखी निर्णय गर्ने अध्यक्ष पुन बताउँछन् ।

यस्तै, गाउँपालिकामा आइतबार बिदा नदिने निर्णय पनि भएको छ । अध्यक्ष पुनका अनुसार गाउँवासीलाई अधिक असुविधा र खर्च हुने भएकाले यो निर्णय गरिएको हो । पालिकाका कुनै पनि कार्यालयमा संघीय सरकारले जेठ १ देखि बिदा दिने निर्णय गरेकोमा कार्यान्वयन नहुने भएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ