२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगोरखा अस्पतालमा हेमोडायलाइसीस सेवा सुरु, आईसीयु सञ्चालन अबको प्राथमिकता

गोरखा अस्पतालमा हेमोडायलाइसीस सेवा सुरु, आईसीयु सञ्चालन अबको प्राथमिकता


पोखरा–गोरखा जिल्ला अस्पतालमा हेमोडायलाइसीस सेवा सुरु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया गुरुङ अधिकारीले सेवा शुभारम्भ गरेकी हुन् ।

गण्डकी प्रदेश सरकारले २ वर्षअघि नै ५ वटा डायलाइसीस मेसिन उपलब्ध गराएको भएपनि भौतिक संरचना तथा दक्ष जनशक्ति व्यवस्थापन नहुँदा सेवा सञ्चालनमा आउन सकेको थिएन । गोरखा ५० शैय्या क्षमताको अस्पताल हो ।

१ महिनाअघि सेवा सुरु भएको भएपनि हालै औपचारिक उद्घाटन गरिएको हो । हेमोडायलाइसीस सेवा सञ्चालनका लागि अहिले तालिमप्राप्त जनशक्ति ३ जना नर्सिङ स्टाफ रहेको अस्पतालका सूचना अधिकारी कृष्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार उक्त सेवाका लागि चाहिने जति जनशक्ति छैन । ५ वटा बेडमा सेवा दिन कम्तीमा पाँच जना नर्सिङ स्टाफ आवश्यक हुन्छ ।

‘२ वर्षअघि नै आएको हो । हामीसँग भवन पनि थिएन । मेसिन इन्स्ट्रल गर्ने ठाउँ पनि थिएन् । जनशक्ति पनि थिएन, नयाँ बिल्डिङ ह्यान्डओभर भयो, त्यसपछि सेवा विस्तार गरेका छौं,’ सुचना अधिकारी ढकाल भन्छन् ।

नयाँ भवन बनेपछि अस्पतालले सेवा विस्तार गरेको छ । २ वटा अप्रेसन थिएटरबाट सेवा दिने गरिएको छ । ल्याब स्तरोन्नती गरिएको छ । विस्तारित स्वास्थ्य सेवा पनि सुरु भएको छ । अस्पतालमा आईसीयु सञ्चालन गर्नुपर्ने अबको पहिलो प्राथमिकता रहेको सूचना अधिकारी ढकालले बताए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ