२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. श्रेष्ठ र क्षेत्रीको स्मृतीमा फुटसल आयोजना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. श्रेष्ठ र क्षेत्रीको स्मृतीमा फुटसल आयोजना


पोखरा- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वर्गीय डा. किरण श्रेष्ठ र अमृत कुमारी रावत क्षेत्रीको स्मृतीमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । १५ र १६ पुसमा एकेडेमीका कर्मचारी, आवासीय डाक्टरहरुबाट आयोजित उक्त मैत्रीपूर्ण फुटसल कार्यक्रमको उद्घाटन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्री र नेपाल चिकित्सक संघ गण्डकी शाखाका अध्यक्ष डा. राजन शर्माले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

खेलमा मेडिसिन, सर्जरी, अर्थोपेडिक्स, ल्याब, पेडियाट्रिक, इमरर्जेन्सी, गैर शिक्षण कर्मचारी तथा नर्सिङ र रेजिडेन्ट महिला चिकित्सहरुसमेत ९ टिम सहभागी भएका थिए ।

पुरुषतर्फको टिमबाट अर्थोपेडिक विभागले जित हासिल गर्दै २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त ग¥यो । त्यस्तै, उपविजेता बन्दै इमर्जेन्सी विभागको टिमले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको थियो ।

त्यस्तै, महिलातर्फको खेलमा रेजिडेन्ट महिला चिकित्सक टिमले विजेता बन्दै ८ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको थियो । क्यासल फुटसल ग्राउण्ड, गडेश टोलमा आयोजित खेलका विजेताहरुलाई एकेडेमीका उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्री र डिन प्रा.डा. श्री कृष्ण श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका थिए ।

आवासीय चिकित्सक डा. श्रेष्ठको २१ मंसिरमा हृदयघातबाट निधन भएको थियो । रावत क्षेत्रीले पनि हालै एक घटनामा ज्यान गुमाएकी थिइन् ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ