२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखराका अधिक पत्रकारमा ‘दृष्टि दोष’

पोखराका अधिक पत्रकारमा ‘दृष्टि दोष’


पोखरा – पोखराका अधिक पत्रकारहरूमा दृष्टि दोष देखिएको छ । नेपाल नेत्रज्योति संघ कास्कीको आयोजना र पत्रकार महासंघ गण्डकी प्रदेश समितिको संयोजनमा भएको निःशुल्क आँखा शिविरमा १ सय ८१ जना पत्रकारले आँखा जाँच गराए । तीमध्ये दृष्टि दोषको समस्या सबैभन्दा बढीमा देखियो ।

आँखा सुख्खा हुने, पोल्ने समस्या देखिएका १ सय ५ जनालाई औषधी दिइएको छ ।

पढ्न लेख्न समस्या देखिएका कारण ३५ जनालाई नियर भिजन ग्लास भएको चश्मा उपलब्ध गराइएको छ । नानी फुलाएर जाँच्नु पर्ने (रेटिना फुलाउने) र आँखाका नानीहरूको नसा परीक्षण गर्नुपर्ने १५ जनालाई हिमालय आँखा अस्पताल रिफर गरिएको छ ।

वातावरणीय प्रदूषणका कारण बढी देखिने र कम्प्युटर स्क्रिनमा बढी समय काम गर्दा त्यस्तो समस्या देखिने हिमालय आँखा अस्पतालका नेत्र अधिकृत सुभाष नेपालले बताए ।

आँखा अस्पताल रिफर भएका पत्रकारको स्वास्थ्य परीक्षण निःशुल्क हुने हिमालय आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले बताइन् । अस्पताल रिफर गरिएका पत्रकारहरूको शल्यक्रिया गर्नुपर्ने भए पनि निःशुल्क हुने गरी काम भएको पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बञ्जाराले जानकारी दिए ।

नेत्रज्योति संघ कास्कीका अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्ण गुरुङले शिविर उद्घाटन गरेका थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ