२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै दिन दुई जनाको मिर्गौला प्रत्यारोपण

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै दिन दुई जनाको मिर्गौला प्रत्यारोपण


पोखरा—पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एकै दिन दुई जनाको मिर्गौला प्रत्यारोण गरिएको छ । २१ जेठमा प्रतिष्ठानको शिक्षण अस्पतालमा रहेको पश्चिमाञ्चल अस्पतालमा दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको हो ।

आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नेफ्रोलोजिष्ट डा. जुजुराज श्रेष्ठका अनुसार तनहुँ दमैलीका २५ वर्षीया पुनम थापा मगरको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । उनलाई उनका ४९ वर्षीय बुवा राजु थापा मगरले मिर्गौला दान गरेका हुन् ।

त्यस्तै आइतबार नै पर्वत मोदी-४ का २७ वर्षीय गमबहादुर मगरको पनि मिर्गौला प्रत्यारोपण गरिएको छ । उनलाई उनका ५२ वर्षीय बुवा हेमन्त पुनले मिर्गौला दान गरेका थिए । आइतबार प्रत्यारोपण गरिएका दुवै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा प्रत्यारोपण सर्जन डा. पुकार चन्द्र श्रेष्ठ, डा. दिपेश श्रेष्ठ, डा. हरिप्रसाद बराल र ओटी नर्स अनिता घजु सहभागी रहेका थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका युरोलोजी तथा मिर्गौला प्रत्यारोपण टोलीमा शल्य चिकित्सक डा. प्रकाश क्षेत्री, डा. अनुप चापागाई, डा. सन्तोष श्रेष्ठ, डा. डेभिड श्रेष्ठ, एनेस्थेसियोलोजिष्ट डा. रोहीनी सिग्देल, डा. माया लामा, डा. पंकज बराल, डा. हरि पौडेल, डा. अनिल न्यौपाने, डा. सतिस गुरुङ, डा. विशाल गुरुङ, नेफ्रोलोजिष्ट डा. जुजु राज श्रेष्ठ, डा. अमृत के.सी., साथै ओटी इन्चार्ज कविता पौडेलसहितको टोली संलग्न रहेको थियो ।

प्रत्यारोपण भएका दुवै जनाको निजी र्खचमा उक्त प्रत्यारोपण भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । यससँगै अहिलेसम्म पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले ८ वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको छ । पोखरामा पहिलो पटक ९ असार २०७९ मा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।  मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले प्राविधिक सहयोग गर्दै आएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ