२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याबको रिपोर्ट अब बिरामीकै मोबाइलमा हेर्न पाइने

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याबको रिपोर्ट अब बिरामीकै मोबाइलमा हेर्न पाइने


पोखरा—पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्रयोगशालामा भएको परीक्षणको रिपोर्ट अब मोबाइलमै हेर्न पाइने भएको छ । अस्पतालका सूचना अधिकारी सुमन भट्टराईका अनुसार मोबाइलमै रिपोर्ट हेर्ने व्यवस्थाको परीक्षण भइरहेको बताए ।

अनलाइन रिपोर्ट लिएका बिरामीले रिपोर्ट जहाँसुकै प्रिन्ट गरेर डाक्टर देखाउन सक्ने अस्पतालले जनाएको छ । जबकी अनलाइन सुविधा उपयोग गर्न नसक्ने बिरामीका लागि भने ल्याबबाट नै रिपोर्ट प्रिन्ट गरेर दिने व्यवस्था मिलाइनेछ । घरमै बसेर पनि हेर्न सकिने भएको छ ।

कसरी हेर्न सकिन्छ रिपोर्ट मोबाइलमा ?

सबैभन्दा सुरूमा प्रयोगशालाबाट प्राप्त हुने बिलको दाँयातर्फको माथिल्लो भागमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्छ । त्यसपछि युजर नेम र पासवर्ड राख्ने ठाउँ देखिनेछ ।

सोही बिलको दाँयातर्फको तल्लो भागमा रहेको युजर नेम र पासवर्ड राख्नुपर्छ । त्यसपछि प्रयोगशालाको परीक्षणको रिपोर्ट बिरामीको आफ्नै मोबाइलमा सजिलै हेर्न सकिनेछ ।

प्रयोगशालाको भिड कम गर्न तथा बिरामीले रिपोर्ट लिन भइरहेको झमेला कम गर्न अनलाइन रिपोर्टले सहज बनाउने अस्पताल प्रशासनको विश्वास छ । अनलाइन सुरु हुँदा रिपोर्ट लिन हुने लाइनमा कमी आउने छ । तथापि बिलिङ, दर्ता, रगत दिनेलगायतमा लाइन बस्नैपर्नेछ । प्रदेशभरकै उपचार केन्द्र भएकाले भिड बढी हुँदा पनि बिरामी लाइनमा बस्नैपर्ने बाध्यता छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ