गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ बिरामीको मृत्युपछि मणिपाल शिक्षण अस्पताल तनावग्रस्त, चिकित्सकमाथि हातपात बिरामीको मृत्युपछि मणिपाल शिक्षण अस्पताल तनावग्रस्त, चिकित्सकमाथि हातपात सुनील सापकोटा सोमबार, २०८० असोज ८ गते, १९:०३ मा प्रकाशित पोखरा-बिरामीको मृत्युपछि पोखराको मणिपाल शिक्षण अस्पताल तनावग्रस्त बनेको छ । लमजुङकी ५७ वर्षीया सुकमाया दुराको अस्पतालको आईसीयुमा उपचारका क्रममा मृत्यु भएपछि डाक्टरमाथि हातपात भएको थियो । अस्पतालमा तनाव भएपछि उल्लेख रुपमा प्रहरी परिचालन गरिएको छ । डाक्टरमाथि भएको हातपातको विरोधमा तथा अरु डाक्टरमाथि पनि हातपात हुनसक्ने डरले डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा ठप्प पारी प्रहरी घेरामा बसेका छन् । दिउँसोबाट विवाद चर्चिएपछि अस्पतालको सेवा ठप्प पारिएको मणिपाल शिक्षण अस्पतालका मेडिकल विद्यार्थीले बताए । डाक्टरले सेवा ठप्प पारेपछि अस्पतालमा बिरामीका आफन्तहरु अस्पतालकै खाली ठाउँमा अन्योलपूर्ण अवस्थामा रहेका छन् । बिरामीका आफन्तहरु डाक्टरले अरु बिरामीलाई वेवास्ता गर्न नहुने तर्क गर्छन् । अस्पताल र मृतकका आफन्तहरुबीच वार्ताको पहल भइरहेको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना जिपीमा डायलाइसिस सेवा सञ्चालनको तयारी, परीक्षण डायलाइसिस सफल पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन्