२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरा विश्वविद्यालयले माग्यो ७ उपप्राध्यापक र ६ नर्ससहित २२ कर्मचारी

पोखरा विश्वविद्यालयले माग्यो ७ उपप्राध्यापक र ६ नर्ससहित २२ कर्मचारी

शिक्षण अस्पताल फुल फेजमा सञ्चालनको तयारी


पोखरा—आफ्नै शिक्षण अस्पताल सञ्चालन गरेको पोखरा विश्वविद्यालयले ७ जना उपप्राध्यापक माग गरेको छ । ओपिडी सेवामात्र सञ्चालन गरिरहेको विश्वविद्यालयले फुल फेजमा सेवा उपप्राध्यापक, नर्स, कर्मचारी माग लागिएको पोखरा विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।

जनरल फिजिसियन २ र पेडियाट्रिक, जनरल सर्जन, एनेस्थेसियोलोजिस्ट, रेडियोलोजिस्टर जनरल प्राक्टिसियन (एमडिजिपी) १/१ जना माग गरेको छ ।

यस्तै, मेडिकल अधिकृत ३ जना माग गरेको छ भने स्टाफ नर्स ६ जना माग गरेको छ । हेल्थ असिस्टेन्स २ जना मागेको विश्वविद्यालयले डेन्टल अधिकृत, हेल्थ असिस्टेन्ट, फार्मेसी सहायक, रेडियोलोजी टेक्निसियन र डेन्टल हाइजिनिस्ट १/१ जना माग गरेको छ ।

पोखरा ३० खुदीमा रहेको विश्वविद्यालयले २०७९ सालको भदौबाट ओपिडी सेवा सञ्चालन गरेको थियो भने गत वैशाखबाट आकस्मिक सेवा सुरु गरेको थियो । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले अस्पतालको बहिरंग सेवा अन्तर्गत अर्थाेपेडिक ओपिडी उद्घाटन गरी सेवा सुरु गरेका थिए ।

सोही समयमा स्त्री तथा प्रसूति ओपिडी सेवा पनि सुरु भएको थियो । पोविविले १ सय बेड क्षमताको अस्पताल सञ्चालन गर्ने जनाएको थियो तथापि अस्पताल फुल फेजमा सञ्चालन हुन सकेको थिएन । सूचना अधिकारी ढकालकाअनुसार अस्पतालले ११ रोपनी जग्गामा अस्पताल भवन निर्माण गरेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ