२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशअब कसैले पनि उपचारबाट बञ्चित हुनु पर्दैन : स्वास्थ्यमन्त्री

अब कसैले पनि उपचारबाट बञ्चित हुनु पर्दैन : स्वास्थ्यमन्त्री


बागलुङ—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कसैले पनि उपचारबाट बञ्चित हुन नपर्ने बताएका छन् ।

बिहीबार बागलुङको पञ्चकोटमा आयोजित अनन्त श्री ब्रह्माण्डीय महायज्ञका अवसरमा आयोजित पूर्वीय चिकित्सा शिक्षा पद्धति र जनस्वास्थ्य विकास सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।

दक्ष जनशक्तिलाई उत्पादन गर्दै सबै ठाउँमा पठाएर नागरिकको उपचार गर्न थालिएको उनको भनाइ छ । चिकित्सकको दरबन्दी बढाउनका लागि मन्त्रालय लागी परेको बताउँदैं उनले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर भएर लागेको बताए।

पछिल्लो समय धेरै नागरिकमा मिर्गौला फेल हुने समस्या देखिएको भन्दै यसबाट बच्नका लागि जीवनशैली बदल्नुपर्नेमा उनले जोड दिए।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ