गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कोरोना परीक्षणमा तीन सय २४ जनाकै रिपोर्ट नेगेटिभ कोरोना परीक्षणमा तीन सय २४ जनाकै रिपोर्ट नेगेटिभ मानदत्त रावल सोमबार, २०७७ वैशाख १ गते, १६:१४ मा प्रकाशित जुम्ला – कोरोना परीक्षणमा जुम्लाका तीन सय २४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । चैत्रको २५ गते भारत तथा तेस्रो मुलुकबाट जुम्ला आएका घुम्ती मेडिकल टोलीले तीन सय २४ जनाको संकलन गरी कोरोना परीक्षण गर्न काठमाडौं पठाएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलका अनुसार कोरोना परीक्षणका लागि २५ चैतमा काठमाडौँ स्वाब संकलन गरी पठाएकोमा सोमबार तीन सय २४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । २५ चैत ०७६ मा कनकासुन्दरी गाउँपालिकाको लासीपाटन चौरमा ५०, हिमा गाउँपालिकाको देवारगाउँ खेल मैदानमा एक सय २४ र जुम्लाको विमाल स्थलमा एक सय ५० गरी तीन सय २४ जनाको स्वाब संकलन गरी परीक्षण गर्न काठमाडौं पठाएको थियो । संघीय सरकारअन्तर्गतको कोरोना भाइरस (कोभिड– १९) संकट व्यवस्थापन अप्रेसनको हेलिकोप्टरमा घुम्ती मेडिकल टोली र कर्णााली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीले स्वाब संकलन गरी कोरोना परीक्षण गर्न काठमाडौं पठाएको थियो । यसअघि पहिलो चरणमा तीन जना र दोस्रो चरणमा ६ जना गरी ९ जनाको पनि कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । यहाँका स्थानीय १८ जना क्वारेन्टाइनमा बसेका छन् भने दुई सय ४४ जना घर फिर्ता भएको उनले बताइन् । जुम्लाभर अहिले दुई सय ६६ बेड क्वारेन्टाइन रहेका छन् । चार हजार ८ सय ५७ जनाको हेल्थ डेस्कमा स्क्रिनिङ गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रणनीतिक अस्पताल जोड्ने झोलुङ्गे पुल निर्माण कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द कर्णाली प्रदेश सरकारको बजेटः के छन् स्वास्थ्य क्षेत्रका कार्यक्रम कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन २३ करोड बजेट जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र ७ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी TFN ट्रेण्डिङ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए