२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा आईसियू र भेन्टिलेटरको दायरा फराकिलो बनाइने

कर्णालीमा आईसियू र भेन्टिलेटरको दायरा फराकिलो बनाइने


जुम्ला – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हरेक स्थानीय तहमा अब कोभिड-१९ अस्पतालसँगै आइसोलेशनको तयारी गरिने बताएका छन् ।
जुम्ला पुगेर विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी भएका मुख्यमन्त्री शाहीले अब आइसोलेशन र भेन्टिलेटरमा जोड दिनुपर्ने बताएका हुन् । उनले अब  कोरोनासँग घरमै लुकेर होईन, लडेर अगाडि बढ्नुपर्ने बताए ।

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल नभइदिएको भए कर्णालीलाई निकै समस्या हुने भन्दै कोभिडको समयमा ठूलो काम गरेकोले यसको स्तरबृद्धिमा प्रदेश सरकारले जोड दिँदै आएको जानकारी दिए ।  जुम्लाका स्थानीय तहका प्रमुख, स्थानीय प्रशासन सहित सरोकारवाला निकायको उपस्थितमा कर्णाली सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल पनि जुम्ला पुगेर कर्णालीको कोभिड सहितको विपद्को अवस्था र सरकारले गरेका कामको बारेमा समीक्षा तथा छलफल गरिएको हो ।

प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री नरेश भण्डारीले जुम्लामा भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मुलुककै खम्वाको रुपमा काम गरेको बताउँदै यसको उन्नतिका लागि प्रदेश सरकारले प्रथामिकता दिँदै आएको बताए । मन्त्री भण्डारीले कोरोनायूद्धमा डट्ने सबैलाई धन्यवाद दिदै चुनौतीसँगै जनप्रतिनिधिले जनताको घाउमा मलम लगाउने कामको अवसर भएकोमा जोड दिए ।

कर्णालीमा मृत्यूदर न्यून

कोरोना संक्रमणले दुई हजार आठ सय बढि पुगि सक्दा पनि कर्णालीमा खासै सिकिस्त विरामी नभएको प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले बताए । उनले भने संक्रमण फैलिएको ६ महिनामा ६ जना बाहेक अन्य मृत्यूदर अन्य प्रदेशको तुलनामा अहिले कम भएको छ । यसमा अझै पनि आमनागरिक देखि सरोकारवाला निकाय सजक र सचेत हुन जरुरी देखिन्छ । मन्त्री रावलले कर्णालीमा कोभिड संक्रमित ९० प्रतिशत निको भएका र ० दशमलब २ प्रतिशत मात्र मृत्यू भएको बताए ।

विपद्को वैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढासहित स्थानीय तहका प्रमुख, नागरिक समाज, उद्योगी व्यवसायीले कोभिड-१९ को अनुभव सहित प्रदेश सरकारलाई सल्लाह सुझाव दिएका थिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ