२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजटिल बन्दै मानसिक रोग, कसरी सबल बनाउने मानसिक स्वास्थ्य ?

जटिल बन्दै मानसिक रोग, कसरी सबल बनाउने मानसिक स्वास्थ्य ?


सुर्खेत – आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालसहित विश्वभर मनाईँदैछ । हरेक वर्ष अक्टोबर १० का दिन मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्यसहित यस दिवस मनाउने गरिएको छ ।

यसै सन्दर्भमा बोल्दै मानसिक रोग अस्पताल लगनखेल, ललितपुरमा कार्यरत प्रमुख मानसिक रोग विशेषज्ञ डा. अन्नत अधिकारीले शारीरिक स्वास्थ्य जति महत्वपूर्ण रहेको छ  मानसिक स्वास्थ्यपनि त्यतिनै महत्वपूर्ण रहेको बताए ।

डा. अनन्त भन्छन्, ‘मानसिक स्वास्थ्य भनेको कुनै व्यक्तिको मन, सोच, विचार, आत्मविश्वास, देश, काल, समय र परिस्थिति अनुसार घुलमिल भएर जिवन बिताउन सक्नु मानसिक स्वाथ्यको अवस्था हो ।’

यो अबस्थाबाट बिचल्लित भइ अथवा मन, सोच, विचारमा विकार उत्पन्न भई शारिरिक रुपमा सबल भएपनि व्यबहार मन र मस्तिष्कमा गडबड हुँदै मानिस मानसिक रोगी बन्न पुग्ने उनको भनाइ छ ।

मानसिक रोग विशेषज्ञ डा. अन्नत अधिकारी विगत लामो समय मानसिक रोगीको उपचारमा सहभागी छन् । हरेक रोग अनुसार कथाहरू फरक–फरक हुने उनको अनुभव छ । उनी भन्छन्,  ‘शारिरिक, मानसिक र सामाजिक अवस्था तन्दुरुस्त हुनु नै एक मानिस स्वस्थ हुनु हो ।’

मानसिक रोग लागेपछि व्यक्तिको व्यवहारमा पनि परिवर्तन आउन थाल्ने र यसको  असर व्यक्तिको बोलीवचन, आभाष, स्मरण, चेतना व्यवहार आदिबाट देखिन थाल्ने उनले बताए । जस्ले गर्दा उसको काम, पेशा, व्यवसाय र सामाजिक सम्बन्धमा प्रभाव पर्न जान्छ । डा. अनन्तका अनुसार मानसिक रोग जोकोहीलाई पनि लाग्न सक्छ । यसले वृद्ध, बालक, जवान, महिला, पुरुष, धनी, गरिब कोही भन्दैन । तर यसको उपचार सम्भव छ ।

मनोरोगहरु सामान्य समस्या देखि कडा खालका पनि हुन्छन् । मानसिक बिरामीमा थुप्रै खालका लक्षण देखिने तर सबै बिरामीमा एउटै खालका लक्षणहरु नहुने  डा. अनन्तले बताए ।

डा. अनन्तका अनुसार मानसिक विरामीमा देखिने सामान्य तथा कडा लक्षणहरु:-

सामान्य लक्षण

  • सधैं निराशाका भावनाहरु आउनु,
  • निन्द्रामा, भोकमा गडबडी हुनु,
  • विनाकारण थकाई महशुस हुनु,
  • कहिले उदासिनताको भावना आउनु,
  • दैनिकी बिथोलिनुु,
  • लामो समयदेखि दिक्दारी महशुस हुनु,
  • विनाकारण अत्याधिक डरलाग्नु,
  • मुटुको धड्कन बढ्नु,
  • छटपटि हुनु

 

कडा लक्षण

  • अत्यधिक रिसाउने,
  • तोडफोड गर्ने,
  • हिंसाको भावना,
  • अनावश्यक शंका गर्ने
  • घमण्डी देखिने,
  • कानमा कुनै किसिमको आवाज सुन्नु

जनचेतनाको अभावसँगै समाजको गलत बुझाइ

‘शारिरिक रोग जस्तै ठ्याक्कै यो रोगले मनोरोग लगाउछ भन्न सकिदैन,’ डा. अनन्त भन्छन्, ‘यसमा प्रभाव पार्ने जैबिक तत्व, सामाजिक र मनोवैज्ञानिक कारणले गर्दा मानसिक रोगको लक्षणहरु देखिन्छ ।’

अशिक्षाको कारण मनोविरामीलाई समाजले फरक दृष्टिकोणले हेर्ने भन्दै उनी भन्छन्, ‘मनोरोगलाई हाम्रो समाजमा हेलाको दुष्टिले हेर्ने गरेको पाइन्छ । शरिरमा नदेखिने तर व्यवहारमा देखिने रोग भएकोले पनि देविदेउता, भूतप्रेत, दैवी श्राव लागेको भन्ने गर्दछन् । साथै मनो रोगीलाई कलकिंत गर्ने चलन छ, यो कुरालाई चिर्न जरुरी छ । यसको एउटा कारण शिक्षाको कमी हो । पुरातनवादी सोचाईले मानिसले मनोरोजीलाई दुव्यबहार गर्दछन् । मनोरोग लागेको व्यक्तिलाई कहिले पनि निको हुदैन भन्ने धारणा  छ तर यो गलत हो ।’

अधिकाँश मनोरोग उचित उपचार पाएपछि पूर्णरुपमा निको हुन्छन् । यो कुरा समाजलाई बुजाउन जरुरी भएको डा. अनन्तको भनाइ छ।

मानसिक रोगका बिरामीसँग कस्तो व्यवहार गर्ने

उनकाअनुसार मानसिक रोग लाग्दैमा आत्तिनु पर्दैन । यस्ता बिरामीलाई समयमै उपचारकालागि अस्पताल लैजान पहल गर्नु पर्छ । होच्याउनु, अवसरबाट वञ्चित गराउनु हुँदैन । मानसिक रोगको सही उपचार औषधी नै मुख्य कुरा हो । बिरामीका लागि मिल्दो व्यवहार पनि अर्को औषधी हो । मानसिक रोगीसँग गर्ने व्यवहार सही हुनुपर्छ । जहिले पनि प्रोत्साहनपूर्ण व्यवहार गर्नुपर्ने उनको भनाइ छ ।

डा. अनन्तका अनुसार मानसिक स्वाथ्यलाई सवल राख्ने तरिका 

  • दैनिक गरिने क्रियाकलापलाई एकदमै सहज र सरल रुपमा लिने,
  • प्रयाप्त मात्रामा सत्ने, सन्तुलित खाना खाने, स्वस्थ जीवनशैली अपनाउने,
  • लागूपदार्थ सेवन नगर्ने,
  • रक्सी–चुरोटको कूलतमा नफस्ने,
  • दैनिक शारिरीक ब्यायम गर्ने, यौगा अभ्यास गर्ने,
  • कुनै भावनात्मक सम्बन्धिहरुको कनेक्सनमा रहने,
  • तनावको व्यवस्थापन गर्ने, हल गर्न नसक्ने समस्याको तनाव नलिने,
  • अन्त्यमा, यदि हुँदाहुँदै  पनि मानसिक समस्या देखिएमा मनो परामर्शको सम्पर्कमा जाने अथवा मनो चिकत्सकको सल्लाह लिने ।


क्याटेगोरी : कर्णाली प्रदेश, जनस्वास्थ्य, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ