२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा पुन: एक साता निषेधाज्ञा थप

जुम्लामा पुन: एक साता निषेधाज्ञा थप


जुम्ला – जुम्लामा पुन: एक साता निषेधाज्ञा थप गरिएको छ । कोभिड रोकथाम तथा नियन्त्रणमा कमि नआएपछि सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले पुन: निषेधाज्ञा जारी गरेको हो ।

यसअघि लागु गरिएको निषेधाज्ञा असार ७ राति १२ बजेबाट समाप्त हुने भएकाले पुन: असार ७ गते राति १२ बजेदेखि असार १४ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

त्यस्तै, कोभिङ–१९ का संक्रमित बिरामीलाई अस्पतालसम्म ल्याउन लैजानका लागि प्रयोग गर्दै आएका कोभिड एम्बुलेन्स दुईवटा मध्ये उद्योग वाणिज्य सघं जुम्लाबाट सञ्चालित एम्बुलेन्सको सम्झौता म्याद समाप्त भएको छ । संसद विकास कोषबाट सञ्चालित कोभिड एम्बुलेन्सबाट विरामीलाई अस्पतालसम्म ल्याउन र लैजानको लागि समस्या हुने भएकोले उद्योग वाणिज्य सघंद्वारा सञ्चालित कोभिडको एम्बुलेन्सलाई निरन्तरता दिइने छ ।

यसका लागि उद्योग वाणिज्य सघंलाई अनुरोध गर्ने निर्णय गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनका अनुसार विश्वमा महामारीको रूपमा फैलिएको कोभिड–१९ को प्रकोप जुम्लामा समेत बढ्दो क्रममा रहेकोले यसलाई नियन्त्रण गर्नको लागि यसअघि जारी गरिएको निषेधाज्ञा पुन: असार ७ गते राति १२ बजेदेखि जारी राख्नु पर्ने अवस्था आएको हो ।

यस्तै, कोभिड एम्बुलेन्सका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता भए बमोजिम रकम जम्मा गर्न बाँकी रहेका चन्दननाथ नगरपालिकाले एक लाख ८६ हजार, तिला गाउँपालिकाले एक लाख ८६ हजार र कनकासन्दरी गाउँपालिकाले ८६ हजार रुपियाँ जम्मा गर्ने निर्णय भएको छ ।

जुम्लामा कोभिड संक्रमितको संख्या ७ सय २३ पुगेको छ । यस्तै, ५५१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३३ जना उपचाररत रहेको जिल्ला प्रशाासन कार्यालय जुम्लाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ