२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशप्रतिष्ठानका ३० स्वास्थ्यकर्मीसहित् ५२ जनामा संक्रमण

प्रतिष्ठानका ३० स्वास्थ्यकर्मीसहित् ५२ जनामा संक्रमण


जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३० जना स्वास्थ्यकर्मीसहित ५२ जनालाई कोभिड-१९ संक्रमण देखिएको छ । ९० जनालाई एन्टीजेन परीक्षण गर्दा ३७ जनालाई र १७ जनालाई पीसीआर परीक्षण गर्दा १५ जनालाई संक्रमण देखिएको हो ।

संक्रमणको तेस्रो लहरमा लक्षण देखिएका व्यक्तिहरुलाई कोभिड परीक्षण गर्ने अवस्थामा ३० जना स्वास्थ्यकर्मीलाई संक्रमण भएको प्रतिष्ठानका मेडिकल रेकडर मेघराज बुढाले बताए । उनले भने, ‘प्रतिष्ठानमै उपचार गर्न आएका बिरामीलाई परीक्षण गर्दा २२ जना नागरिकलाई संक्रमण देखिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आईसोलेसनमा राखेर ४ जना उपचारत छन् । अन्य सबैमा होम आइसोलेनमा छन् ।’

जुम्लामा संक्रमण तथा रुघाखोकीसँग मिल्दोजुल्दो लक्ष्यण भएका बिरामी गाउँघरमा देखिएपनि कोभिड परीक्षण दायरा भने बढाएको छैन । यहाँ एक नगरपालिका र सात गाउँपालिका रहेका छन् । जुम्लाको जनसंख्या भने झण्डै १ लाख २४ हजार रहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ