२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुत्केरी तथा गर्भवती महिलालाई पोषिलो खानेकुरा वितरण

सुत्केरी तथा गर्भवती महिलालाई पोषिलो खानेकुरा वितरण


सुर्खेत – जाजरकोटको कुशे गाउँपालिकाले सुत्केरी, गर्भवतीलाई पोषिलो खानेकुरा वितरण गरेको छ । सुत्केरी, गर्भवती, एकल महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत सुत्केरी तथा गर्भवती महिलालाई पोषिलो खानेकुरा वितरण गरिएको हो ।

गाउँपालिकाको चालू आर्थिक वर्ष २०७९/८० वार्षिक स्वीकृत कार्यक्रमअनुसार ९ वटै वडाका सुत्केरी तथा गर्भवतीलाई आवश्यक सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

सुत्केरी, गर्भवती, महिलालाई तीन लिटर खाने तेल, तीन पाकेट आयोडिनयुक्त नुन, तीन चक्की साबुन र नेलकटर वितरण गरिएको उपाध्यक्ष देविका सिंह आरसी बताइन् । ‘महिला, बालबालिकाको अधिकार स्थापित गर्न आएकाले महिला दिदी बहिनीको दुःख पीडा बुझ्न घरमै पुगेर सामग्री वितरण गरिएको छ ।’ उनले भनिन्,‘महिलाका समस्या बुझ्न गाउँवस्तीमा पुगेर सुत्केरी, गर्भवती, एकल महिलाको अवस्था, पीडालाई सान्त्वना दिन कार्यक्रम तय गरिएको हो ।’

सुत्केरी गर्भवती महिलाले गर्भावस्थामा आराम र पोषिलो खानेकुरा सेवन गरी आफू र बच्चा स्वस्थ, सुरक्षित निरोगी बनाउन नवजात शिशु र मातृत्व सुरक्षाका लागि स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच, सुत्केरी गर्भवतीसँग उपाध्यक्ष कार्यक्रमले सहयोग पुग्ने उपाध्यक्ष सिंहको भनाई रहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ