२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशप्रदेश अस्पताल सुर्खेतमा एमआरआई सेवा सुरू

प्रदेश अस्पताल सुर्खेतमा एमआरआई सेवा सुरू


वीरेन्द्रनगर—कर्णाली प्रदेश अस्पताल सुर्खेतमा एमआरआई मेसिनबाट सेवा सुरु गरिएको छ । दुई महिना लगाएर मेसिन जडान र प्रोसेसिङ प्रोग्रामहरु इन्स्टल गरेर एमआरआई सेवा सुचारु गरिएको हो ।

नेपालकै उत्कृष्ट एमआरआई मेसिनबाट कर्णालीका नागरिकलाई सेवा दिन पाउँदा आफु एकदक खुसी भएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले बताए । ‘सुर्खेतमै एमआरआई मेसिनबाट सेवा सुरू भएपछि अब उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको छ,’ उनले भने,‘उक्त मेसिन ६४ स्वतन्त्र च्यानल क्षमताको एमआरआई मेसिन उच्च गुणस्तर र प्राविधिक विशिष्टताका हिसाबले उच्च गुणस्तर छ ।’

अहिलेसम्म नेपालकै सबैभन्दा बढी क्षमता भएको दैनिक ३५ देखि ४० जनालाई जाँच गर्न सकिने आर्टिफिसियल इन्टेलिजेन्स आवाजविहीन एमआरआई मेसिन जडानले कर्णालीका नागरिकलाई उपचारमा धेरै सहज हुने अपेक्षा गरिएको डा.खड्काले बताए । ‘संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई एमआरआई मेसिन खरिदको लागि बजेट उलब्ध गराएको थियो,’ उनले भने,‘२९ करोड ७१ लाख रुपैयाँ परेको हो ।’

मेसिन सन् २०२३ मा निर्मित भएर परीक्षण गरिएको मेसिन हो । स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था, ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको सङ्क्रमण वा ट्युमरको विशेष जानकारी लिन पनि एमआरआई गर्ने गरिन्छ । मस्तिष्क र मेरुदण्डको ट्युमरको परीक्षण र उपचारका लागि पनि एमआरआई गर्ने गरिन्छ । एमआरआईले नरम तन्तुलाई समेत स्पष्टसँग देखाउने गर्छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ