गृहपृष्ठ ∕ समाचार ∕ ४८ घण्टाभित्र सम्मानजनक निकास ननिस्के आन्दोलनमा जाने रेजिडेन्ट चिकित्सकहरुको चेतावनी ४८ घण्टाभित्र सम्मानजनक निकास ननिस्के आन्दोलनमा जाने रेजिडेन्ट चिकित्सकहरुको चेतावनी हेल्थ आवाज शुक्रबार, २०७७ जेठ १६ गते, १९:२० मा प्रकाशित काठमाडौं – नेपाल मेडिकल कलेजमा बिरामीको मृत्युपछि चिकित्सकमाथि भएको हातपातको घटनाका दोषीहरुलाई ४८ घण्टाभित्र कारवाही गर्न रेजिडेन्ट चिकित्सकहरुले अल्टिमेटम दिएका छन् । शुक्रबार एक संयुक्त विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले चिकित्सकमाथि हातापात गर्नेहरुमाथि कारवाही हुनुको साटो झन प्रमाण मेटाउने काम भएको भन्दैं त्यसको घोर निन्दा गरेका छन् । मन्त्रिपरिषद्को गत चैत २२ को निर्णयअनुसार ड्युटीमा रहेका चिकित्सकमाथि हातापात गर्ने जो कोहीलाई मुद्धा चलाउने निर्णयको समेत उपहास गरेको आरोप उनीहरुको छ । रेजिडेन्ट चिकित्सकहरुसँग सम्बन्धित संस्था नेशनल रेजिडेन्ट डक्टर्स एशोसियसनका अध्यक्ष डा. अनुप उप्रेती, जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष डा. कविराज पौडेल, रेजिडेन्ट एशोसिएसन अफ काठमाडौं युनिभर्सिटीकी संस्थापक अध्यक्ष डा. तोषिमा कार्की, रेजिडेन्ट एशोसिएसन अफ न्याम्सका अध्यक्ष डा. प्रकाश भट्टराईले जारी गरेको उक्त संयुक्त वक्तव्यमा पटक-पटक घटिरहेका यस्ता घटनाले समाजमा गलत नजिर स्थापित गर्ने भन्दैं यस्ता कार्य निरुत्साहित गर्न निशर्त जेल विद आउट वेल लागु गर्न समेत माग गरिएको छ । रेजिडेन्ट चिकित्सकहरुले कोभिड १९ महामारीबीच ४८ घण्टाभित्र सम्मानजनक निकास ननिस्केको खण्डमा चिकित्सकहरु आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ । रेजिडेन्ट चिकित्सकहरुले उक्त घटनाको सिसिटीभी फुटेज मेटाउने कार्यको पनि घोर निन्दा गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता TFN ट्रेण्डिङ चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति विश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने बिरामीको दुई महिनापछि मृत्यु अमेरिकामा ‘टिकटक’मा जमेको एक नेपाली स्वास्थ्यकर्मी जोडी गेटा अस्पतालले माग्यो १२ जना स्टाफ नर्ससहित २६ जना स्वास्थ्यकर्मी संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा एमबीबीएसतर्फ १८९५ र नर्सिङतर्फ ३०१० सिट बाँडफाँड, कुन कलेजलाई कति ? चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति विश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने बिरामीको दुई महिनापछि मृत्यु अमेरिकामा ‘टिकटक’मा जमेको एक नेपाली स्वास्थ्यकर्मी जोडी गेटा अस्पतालले माग्यो १२ जना स्टाफ नर्ससहित २६ जना स्वास्थ्यकर्मी संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा एमबीबीएसतर्फ १८९५ र नर्सिङतर्फ ३०१० सिट बाँडफाँड, कुन कलेजलाई कति ?