गृहपृष्ठ ∕ समाचार ∕ ४८ घण्टाभित्र सम्मानजनक निकास ननिस्के आन्दोलनमा जाने रेजिडेन्ट चिकित्सकहरुको चेतावनी ४८ घण्टाभित्र सम्मानजनक निकास ननिस्के आन्दोलनमा जाने रेजिडेन्ट चिकित्सकहरुको चेतावनी हेल्थ आवाज शुक्रबार, २०७७ जेठ १६ गते, १९:२० मा प्रकाशित काठमाडौं – नेपाल मेडिकल कलेजमा बिरामीको मृत्युपछि चिकित्सकमाथि भएको हातपातको घटनाका दोषीहरुलाई ४८ घण्टाभित्र कारवाही गर्न रेजिडेन्ट चिकित्सकहरुले अल्टिमेटम दिएका छन् । शुक्रबार एक संयुक्त विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले चिकित्सकमाथि हातापात गर्नेहरुमाथि कारवाही हुनुको साटो झन प्रमाण मेटाउने काम भएको भन्दैं त्यसको घोर निन्दा गरेका छन् । मन्त्रिपरिषद्को गत चैत २२ को निर्णयअनुसार ड्युटीमा रहेका चिकित्सकमाथि हातापात गर्ने जो कोहीलाई मुद्धा चलाउने निर्णयको समेत उपहास गरेको आरोप उनीहरुको छ । रेजिडेन्ट चिकित्सकहरुसँग सम्बन्धित संस्था नेशनल रेजिडेन्ट डक्टर्स एशोसियसनका अध्यक्ष डा. अनुप उप्रेती, जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष डा. कविराज पौडेल, रेजिडेन्ट एशोसिएसन अफ काठमाडौं युनिभर्सिटीकी संस्थापक अध्यक्ष डा. तोषिमा कार्की, रेजिडेन्ट एशोसिएसन अफ न्याम्सका अध्यक्ष डा. प्रकाश भट्टराईले जारी गरेको उक्त संयुक्त वक्तव्यमा पटक-पटक घटिरहेका यस्ता घटनाले समाजमा गलत नजिर स्थापित गर्ने भन्दैं यस्ता कार्य निरुत्साहित गर्न निशर्त जेल विद आउट वेल लागु गर्न समेत माग गरिएको छ । रेजिडेन्ट चिकित्सकहरुले कोभिड १९ महामारीबीच ४८ घण्टाभित्र सम्मानजनक निकास ननिस्केको खण्डमा चिकित्सकहरु आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ । रेजिडेन्ट चिकित्सकहरुले उक्त घटनाको सिसिटीभी फुटेज मेटाउने कार्यको पनि घोर निन्दा गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के कारणले हुन्छ माइग्रेन? हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न सामाजिक विकास मन्त्रीकी सम्धिनीलाई स्वास्थ्य संस्था अनुगमनको एकै मितिमा ‘दोहोरो भ्रमण भत्ता’ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के कारणले हुन्छ माइग्रेन? हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न सामाजिक विकास मन्त्रीकी सम्धिनीलाई स्वास्थ्य संस्था अनुगमनको एकै मितिमा ‘दोहोरो भ्रमण भत्ता’