२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपाटन अस्पतालमा कोभिड—१९ संक्रमित गर्भवतीको शल्यक्रिया

पाटन अस्पतालमा कोभिड—१९ संक्रमित गर्भवतीको शल्यक्रिया


काठमाडौं—पाटन अस्पतालमा कोभिड—१९ संक्रमित महिलाको शल्यक्रिया गरी प्रसुती गराइएको छ । प्रतिष्ठानमा कोभिड—१९ संक्रमित गर्भवती शल्यक्रिया गरेको यो दोस्रो केस हो भने कोभिड—१९ संक्रमित बिरामीको शल्यक्रिया गरेको तेस्रो पटक हो ।

थापाथलीस्थित परोपकार प्रसुती गृहमा भर्ना भएकी धादिङकी २२ वर्षीया महिलामा कोभिड—१९ पोजेटिभ देखिएपछि पाटन लगिएको थियो । उनलाई २० जेठमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोभिड—१९ पोजेटिभ पुष्टि भएको थियो ।

थापाथलीबाट आएकी गर्भवतीको मंगलबार शल्यक्रियामार्फत बच्चा जन्मिएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले बताए । उनकाअनुसार अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अस्पतालले यसअघि भक्तपुरकी कोभिड—१९ संक्रमित एक गर्भवती महिलाको पनि शल्यक्रिया गरेको थियो । पाटन अस्पतालले नेपालमै पहिलो पटक कोभिड—१९ संक्रमित दुवै खुट्टा भाँचिएको युवकको पनि सफल शल्यक्रिया गरेको थियो ।

अस्पतालका निर्देशक डा. शर्माकाले जुनसुकै शल्यक्रिया गर्दा आवश्यक सम्पूर्ण सुरक्षाका उपायहरु अपनाएर गरिने हुँदा चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोभिड—१९ संक्रमण हुन सम्भावना कम हुने बताए । ‘हामी पूर्णतया पीपीई लगाएर शल्यक्रियामा सहभागी हुन्छौं,’ उनले भने, ‘यदि पीपीई लगाएर शल्यक्रिया गर्दा पनि संक्रमण हुन्छ भन्ने सोच्ने हो भने त भोलि सबै चिकित्सक तथा स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । अनि सेवा कसले दिने ?’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ