२०८३ कात्तिक २, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ कास्कीको रुपामा एक जना स्थानीयलाई कोरोना संक्रमण

कास्कीको रुपामा एक जना स्थानीयलाई कोरोना संक्रमण


पोखरा—कास्कीको रुपा गाउँपालिकामा शुक्रबार बिहान स्थानीयमा संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले बिहान ६ बजे सार्वजनिक गरेको विज्ञप्तिमा नयाँ संक्रमित २४ जना सबै भारतबाट आएको जनाएको थियो ।

रुपाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले शुक्रबार संक्रमण पुष्टि भएका ४५ वर्षीय पुरुष वडा नं. ७ का वासिन्दा भएको जानकारी दिए । ती पुरुष क्वारेन्टाइनका सरसफाइ कर्मचारी भएको र उनको ट्राभल हिस्ट्री नभएको पोखरेलले बताए ।

यी ४५ वर्षीय पुरुषको ट्राभल हिस्ट्री छैन । स्वाब संकलन गरेको ११ दिनपछि उनमा कोरोना पुष्टि भएको हो । संक्रमितलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा ल्याउने तयारी भएको छ ।

रुपा गाउँपालिकामा अहिले ४९ जना क्वारेन्टाइनमा छन् । यसअघि कोरोना संक्रमण भएका रुपाका २ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ