२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगल्कोटमा लकडाउन कडा, प्रि—आइसोलेसन बनाउँदै नगरपालिका

गल्कोटमा लकडाउन कडा, प्रि—आइसोलेसन बनाउँदै नगरपालिका


पोखरा—बाग्लुङको गल्कोट नगरपालिकाले संक्रमित थपिँदै गएपछि एक हप्ता कडा लकडाउन गर्ने भएको छ । आइतबार बिहान सूचना निकालेर नगरपालिकाले समुदायका संक्रमण फैलिने खोजिम बढेकाले कडा लकडाउन गर्न लागिएको जनाएको छ ।

गल्कोटमा शनिबार ८ जना र आइतबार बिहान ४ जना गरी १२ जना नयाँ संक्रमित फेला परेका थिए । अब यहाँ संक्रमित २४ पुगेका छन् । हेल्थ आवाजसँग कुरा गर्दै मेयर भरत शर्माले सदरमुकाममा रहेको आइसोलेसन भरिएकाले नगरपालिकाले प्रि—आइसोलेसन बनाइरहेको जानकारी दिए ।

मेयर शर्माले संक्रमण पुष्टि भएकालाई अब प्रि—आइसोलेसनमा राखिने र गम्भीर समस्या देखिए सदरमुकामको आइसोलेसनमा पठाइने बताए । प्रि—आइसोलेसन १२ देखि १५ बेडको बनाउने नगरपालिकाको तयारी छ । शर्माले भने, ‘विशेष परिस्थिति सिर्जना भएकाले समुदाय नसरोस् भनेर एक हप्ताका लागि लकडाउन कडा गरेका छौं । गल्कोटमा संक्रमित २४ जना पुगेका छन् ।’

२४ जनामध्ये २३ बाहिरबाट आएका हुन् । वुटवलबाट आएका १ जनालाई क्वारेन्टाइनमा राख्न भरमग्दुर प्रयास गरे पनि होम क्वारेन्टाइमा बस्ने शर्तमा छाडिएको र पछि उनको स्वावको नतिजा पोजेटिभ आएको जानकारी दिए । उनी वडा नं. ३ का बासिन्दा हुन् ।

गल्कोटमा आजबाट अत्यावश्यक सेवाबाहेक सबै व्यवसाय, यातायात र हिड्डुलमा रोक लगाइएको छ । मेयर शर्माले कडा लकडाउनबाट हतोत्साही नहुन र उद्योग, व्यापार, यातायात र हिड्डुल नगरी सघाउन आग्रह गरेका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ