२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशकोभिड—१९ संक्रमित मृत पुरुषको ट्राभल हिस्ट्री छैन्, अस्पतालको ओपिडी बन्द

कोभिड—१९ संक्रमित मृत पुरुषको ट्राभल हिस्ट्री छैन्, अस्पतालको ओपिडी बन्द


पोखरा—पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएपछि बिहीबार अस्पतालको आकस्मिबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति निधन भएको थियो ।

अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले शव व्यवस्थापन गर्न र अरुमा संक्रमणको जोखिम नहोस् भनी एक दिन सेवा बन्द गरिएको जानकारी दिए । अस्पतालका इमर्जेन्सी बाहेकका सबै सेवा बन्द भएका छन् ।

शुक्रबारबाट भने अस्पतालका सबै सेवा नियमित खुल्ने छन् । स्याङ्जाको आँधीखोला गाउँपालिकाको सिरुवारीका ती पुरुषको ट्राभल हिस्ट्री छैन ।

डाइबटिज, निमोनियाका समस्या रहेका उनी आँधीखोला गाउँपालिकाको पञ्चमुलमा किराना पसल सञ्चालन गर्थे । असार ६ गतेबाट श्वासप्रश्वासमा समस्या आएपछि उनी ७ गते पञ्चमुल स्वास्थ्य केन्द्र पुगेका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले व्यवसाय गर्ने ती पुरुषलाई त्यहाँ आउने कुनै ग्राहकबाट संक्रमण सरेको अनुमान गरे । मृतकको सम्पर्कमा आएकाहरुको खोजपड्ताल सुरु गरिएको उनको भनाइ छ । उनको परिवार र आफन्तको बिहीबारै स्वाब संकलन गरिने शर्माले जानकारी दिए ।

अब गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यसअघि स्याङ्जाको वालिङका ५८ वर्षीय पुरुषको मृत्यु भएको थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ