२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशबाग्लुङमा क्वारेन्टाइनमै युवकको मृत्यु

बाग्लुङमा क्वारेन्टाइनमै युवकको मृत्यु


पोखरा—बाग्लुङको निसीखोला गाउँपालिकाको क्वारेन्टाइनमै एक युवकको मृत्यु भएको छ । निसीखोला—२ का सुनिल विक ढोरपाटन नगरपालिका–४ खुंगास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा बसेका थिए ।

आइतबार बिहान उनको निधन भएको ढोरपाटनका मेयर देवकुमार नेपालीले बताए ।

उनको पिसिआर रिपोर्ट आएपछि शव व्यवस्थापन गर्ने तयारी छ । वडा नं. ४ कै खुंगामा शव व्यवस्थापनको तयारी भएको नेपालीले जानकारी दिए ।

मिर्गाैला रोगी विक केही दिनअघि मात्रै भारतबाट आएका थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ