२०८३ असोज १०, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा अहिलेसम्मकै बढी ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा अहिलेसम्मकै बढी ५३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं—काठमाडौं उपत्यकामा अहिलेसम्मकै बढी ५३ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ३५ जनामा संक्रमण देखिएको हो ।

जुन उपत्यकामा देखिएको अहिलेसम्मकै उच्च हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमकाअनुसार काठमाडौंमा ४८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, ललितपुरमा ४ जनामा कोरोना संक्रमण देखिएको छ भने भक्तपुरमा १ जनामा संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका १ जना र काठमाडौं ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रराज अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ९ जना, ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको हो । पाटन अस्पताल प्रयोगशालामा ललितपुरका १ जना र त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौंका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका २१ जना र स्टार अस्पताल प्रयोगशाला ललितपुरमा काठमाडौंका ६ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण देखिएको छ ।

तस्वीरः नवराज वाग्ले


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ